नीति योजनाबाट गुणनीधि शर्मा निकालिए
काठमाडौं । लामो समय देखि नीति योजना महाशाखामा बसेर काम गर्दै आएका डा गुणनीति शर्माको स्वास्थ्य सेवा विभाग सरुवा भएको छ । सरकारी कर्मचारी भएपनि नेकपा माओवादीको सक्रिय कार्यकर्ताका रुपमा देखिएका उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य सेवा विभाग काम काजका लागि खटाएका छन् ।
उनीमाथि स्वास्थ्य मन्त्रालयका कर्मचारीहरूले समेत बढिनै माओवादीमा लिप्त् भएको आरोप लगाउँदै आएका थिए । शर्मा लामो समय देखि उक्त महाशाखामा बसेर काम गर्दै आएका छन् । उनी १० औं तहका कर्मचारी हुन् । अहिले सरुवा भएपछि शर्माले माओवादीका उच्च तहका नेताहरूलाई रोक्नुपर्यो भन्दै फोन लगाउँने गरेको अधिकारीहरू बताउँछन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस