स्वास्थ्यमन्त्रीको अभिव्यक्ति आपत्तिजनक, राजिनामा दिनुको विकल्प छैन: राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतलाई आफ्नो अभिव्यक्ति गल पासो भएको छ । चातर्फि विवाद भएपछि इमान्दार मान्छेको नाताले पदमा बस्न लज्जा सरम भएको छ ।

एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले पनि बस्नेत कुनै पनि हिसावमा पदमा बस्न योग्य नभएको बताएको छ । एक विज्ञप्ती जारी गर्दै संघले आत्महत्या दुरुत्साहन गराउँने अभिव्यक्तिले मन्त्री जस्तो पदको पदीय गरिमाको अवमूल्यन भएकाले नैतिकता प्रदर्शन गर्न अनुरोध गरेको छ ।

अध्यक्ष डा झलक गौतमले भनेका छन्, सार्वजनिक रुपमा “डोरी दिएर झुण्डिन पठाउँनु” भन्ने गैरकानुनी, गैरजिम्मेवारपूर्ण र आपत्तिजनक अभिव्यक्ति प्रति यस महासंघ घोर भत्सर्ना गर्दै खेद प्रकट गर्दछ ।

मन्त्री पदको दुरुपयोग गर्दै कर्मचारीलाई आत्महत्या गर्न उक्साउने कांग्रेसका मोहन बहादुर बस्नेतको विरुद्धको चारै तिरबाट आँवाज उठ्दा कांग्रेस निकट स्वास्थ्यकर्मीहरु मौन छन् । गैर कानुनी अभिव्यक्ति दिदा समेत ती संगठन मौन बस्नु रहश्यको विषय हो ।

पुर्व स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले तत्काल राजिनामा मागिन् । स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री बस्नेतले दिएको अभिव्यक्तिलाई लिएर कार्कीले राजीनामा मागेकी हुन् ।

मन्त्रीले भनेका छन्, ‘एक जना स्वास्थ्यकर्मीले हाम्रो सचिव ज्यूलाई फलानो ठाउँबाट सरुवा गरिदिनु भयो भने त म आत्महत्या गर्दिन्छु भन्दै धम्की दिदो रहेछ, मैले उहाँहरु ( सचिवहरू ) लाई भनिदिएको छु, फेरी पनि त्यो कर्मचारी त्यसरी प्रस्तुत भयो भने डोरी किनेर दिनु र झुन्डिनु भनी दिनु ।’,

‘केही मान्छेको सरुवा गर्यौँ, तर यहि ठाउँमा थमौती गर्नुपर्छ भनेर विभिन्न किसिमका तागतहरू प्रयोग गरेर आए। हुँदा–ह्ुँदा कोही–कोही त यहाँ आत्महत्या गर्छु भनेर पनि पनि आएछन्,’ पत्रकार सम्मेलनमा उनले भनेका थिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ