नैतिकता हराएका स्वास्थ्य मन्त्रीलाई सदनबाट “पदच्युत” गराउनुपर्छ


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहन बहादुर बस्नेतले कर्मचारीलाई आत्महत्या गर्न उक्साएपछि कानुनकाे पालना गर्ने निकायहरुले मन्त्रीकाे राजिनामा मागेका छन् । तर, कांग्रेस निकट कुनै पनि स्वास्थ्यकर्मी संगठनले मन्त्रीकाे राजिनामा मागेका छैनन् । सायद स्वार्थमा बिकेका कारण पनि उनकाे विरुद्धमा बाेल्ने आँट नगरेका हाेलान् ।

माेहन बहादुर बस्नेतकाे भनाइलाई अन्तर्राष्ट्रिय स्तरमै नेपालकाे छबिमाथि प्रश्न उठाएको छ । तर कांग्रेस पाटिले अहिले सम्म मन्त्रीबाट फिर्ता बालाउने जमर्को गरेकाे छैन । यस्ता व्यक्तिको संरक्षणमा लागेका कारणपनि कांग्रेस जनताबाट तिरस्कार हुँदै गएको अधिकारीहरु बताउँछन् ।

राष्ट्रिय चिकित्सक संघले पनि गैरजिम्मेवार मन्त्रीकाे राजिनामा माग गरेकाेछ । बुधबार एक विज्ञप्ति जारी गर्दै तत्काल राजिनामा माग गरेकाे हाे । चिकित्सककाे पेसागत हित, अधिकार र सुरक्षाका लागि वकालत गर्दै आइरहेको कुरा सर्बबिवितै छ ।

बहालवाला स्वास्थ्य मन्त्री माननिय मोहन बहादुर बस्नेतले आफ्नो समस्या समाधानको लागि निवेदन गर्न आएका स्वास्थ्यकर्मी प्रति इंगित गर्दै सार्बजनिक रुपमै “डोरी लिएर झुन्डिन पठाउनु” भन्ने गैरकानुनी र आपत्तिजनक अभिब्यक्ति प्रति राष्ट्रिय चिकित्सक संघ घोर भत्सर्ना गर्दै खेद प्रकट गर्दछ ।

नेपालको संविधानको धारा १६ को सम्मानपूर्वक बाच्न पाउने हक तथा मुलुकी अपराध संहिता २०७४ को दफा १८५ को ब्यबस्था बिपरितको कसुर हुनेगरी आत्महत्या दुरुत्सहान गराउने अभिब्यक्ति आएकोले यो संघ स्वास्थ्य मन्त्री माननीय मोहनबहादुर बस्नेतको तुरुन्त राजिनामा माग गर्दछ विज्ञप्तिमा भनिएको छ । यश विषयमा सदनमा आवाज उठ्न जरुरी छ । यस्ता मन्त्रीलाई सडककाट नभए सदनबाटै पदच्युत गराउँनु पर्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ