पूर्वी तराईमा अति भारी वर्षा, ११ बजेसम्म उच्च सतर्कता अपनाउनु पर्ने


काठमाडौं । पूर्वी तराईमा अति भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाकाअनुसार मोरङ र सुनसरीमा अति भारी वर्षा भएको हो ।

पछिल्लो तीन घण्टायता मोरङको लेटाङ, हरैचा र सुनसरीको इटहरी आसपास अति भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज बिहान ११ बजे सम्म अतिउच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

थप वर्षाकोपूर्वानुमान गर्दै महाशााखाले बुढीखोला, खेसलिया, सुनसरी खोला, लोहन्द्रा लगायत सुनसरी र मोरङका साना खोलामा आकस्मिक बाढीका साथै होचा स्थानमा डुबानको उच्च जोखिम रहेको जानकारी दिएको छ । पूर्वी तराईमा ठूलो जनधनको क्षति हुने सम्भावना देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ