डेंगी निमन्त्रणमा तातिदै काठमाडौंका स्थानीय तह


काठमाडौं । डेंगी नियन्त्रण तथा रोकथामका लागि काठमाडौंका स्थानीय तह तात्न थालेका छन् । काठमाडौं महानगरपालिकासहितका स्थानीय तहले डेंगी नियन्त्रण तथा रोकथामका लागि विभिन्न कार्यक्रम अगाडि सारेका छन् । संघीय सरकार डेंगी नियन्त्रण तथा रोकथामका लागि कागजी एजेण्डमा समित भइरहँदा स्थानीय तहहरू भने सल्बलाउन थालेका हुन् ।

काठमाडौं महानगरपालिकासहितका स्थानीय तहले लाम्खुट्टेको लार्भा नष्ट गर्नेदेखि विभिन्न कार्ययोजना अगाडि सारेका छन् । विज्ञहरूले अघिल्लो बर्षझैं योपटक पनि डेंगीले महामारीको रुप लिने औँल्याएका छन् । त्यसैले स्थानीय तहहरू डेंगी प्रकोप रोक्नका लागि बेलैमा तातेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगी नियन्त्रण तथा रोकथामका लागि धिमा गतिमा काम गरिरहेका बेला स्थानीय तहले भूमिका बनाएका छन् । यसले डेंगी नियन्त्रणमा प्रभावकारी कदम चाल्ने देखिएको छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ