डा. खराल एमालेबाट अलगिए

काठमाडौं । डा. पुष्प मणि खराल नेकपा एमालेको राजनीतिबाट अलगिएका छन् । नेकपा एमाले अन्तर्गतको राष्ट्रिय चिकित्सक संघको महासचिव समेत भएर काम गरिसकेका उनले नेकपा एमालेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
डा. खरालले राजनीतिको नयाँ अध्याय कोर्ने घोषणा समेत गरेका छन् । यथास्थितिको अवस्थाबाट देश र जनतालाई सकारात्मक योगदान दिन नसक्ने निचोड निकालेर उनले एमाले छाडेका हुन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस