आजदेखि बानेश्वरमा चुरोटलगायतका सुर्तीजन्य पदार्थ सेवनमा प्रतिबन्ध


काठमाडौं । नयाँ बानेश्वरसहित काठमाडौं महानगरपालिका वडा नम्बर १० का अधिकांश क्षेत्रमा आजबाट चुरोटलगायतका सुर्तीजन्य पदार्थ सेवनमा प्रतिबन्ध लगाइएको छ । काठमाडौं महानगरपालिकाको घोषित नीति अनुसार आजदेख बानेश्वरमा धूम्रपान तथा सूर्तीजन्य पदार्थ सेवनमा प्रतिबन्ध लगाइएको हो ।
काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रममा सार्वजनिक स्थलमा धूम्रपान तथा सूर्तीजन्य पदार्थ सेवनमा कडाइ गर्ने उल्लेख छ । उक्त नीति तथा कार्यक्रम अन्तर्गत सार्वजनिक स्थलमा धूम्रपान तथा सूर्तीजन्य पदार्थ सेवनमा प्रतिबन्ध लगाउने अभियान नयाँ बानेश्वरबाट सुरु गरिएको हो ।

नयाँ बानेश्वरबाट धूम्रपान तथा सूर्तीजन्य पदार्थ सेवनमा कडाइ गर्ने अभियनाको नेतृत्व काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसीले लिएका छन् । उक्त अभियन सफल पार्न वडाध्यक्ष केसीले विभिन्न संघसंस्थादेखि सरोकालवालासमक्ष परामर्श लिइरहेका छन् । आईतबार मात्र वडाध्यक्ष केसीले नयाँ बानेश्वर व्यापार व्यवसायी संघ, तेस्रो आँखा युवा क्लब, एकता समाज, सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी, नागरिक समाज र सरोकारवालासँग छलफल गरेका थिए । वडा सदस्य नरोज अर्यालका अनुसार साउन १ गते (आज)बाट बानेश्वरको सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थ सेवन निषेध गरिने छ । उक्त व्यवस्था कडाइका साथ लागू गरिने वडा सदस्य अर्यालको भनाइ छ ।

फुटपाथ व्यापार हटाएर व्यवस्थित गरेको काठमाडौं महानगरपालिकाले सूर्तीजन्य पदार्थ सेवनमा कडाइ पनि नयाँ बानेश्वरबाटै सुरु गरेको छ । उक्त अभियानको नेतृत्व वडाध्यक्ष केसीले गरिरहेका छन् । उनलाई नयाँ बानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष नवीन लुईटेल, तेस्रो आँखा युवा क्लबका सुरेश थापालगायतले साथ दिइरहेका छन् । फुटपाथ व्यवस्थापनमा सफला प्राप्त गरेको वडा नम्बर १० बानेश्वरले सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थ सेवनमा पनि सफला प्राप्त गर्ने गरी अभियान थालेको छ । नयाँ बानेश्वरको सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थ सेवन निषेधका लागि काठमाडौं महानगरपालिका वडा नम्बर १० को टिम र सरोकारवालाहरुले सक्रियतापूर्वक लागिपरेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ