काठमाडौंको मुटुमै गाँजा ‘खेती’, फडानी गर्न जनप्रतिनिधि सक्रिय

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १० मा गाँजा फडानी गर्न जनप्रतिनिधिहरू सक्रिय भएका छन् ।समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनप्रतिनिधिहरूले गाँजा फडानी गरेका हुन् ।
काठमाडौंको मुटुमै गाँजाघारी भेटिएपछि त्यहाँका जनप्रतिनिधिहरू फडानी गर्न बिहानै सक्रिय भएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसीसहितका वडाका जनप्रतिनिधि, बागमती प्रदेशका प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठ, सामुदायिक सेवा केन्द्रका अशोक कार्कीसहित विभन्न संघसंस्थाका प्रतिनिधि, नगर प्रहरीलगायत गाँजा फडानी गर्न सक्रिय भएका हुन् । उनीहरूले काठमाडौं महानगरपालिका वडा नम्बर १० का विभिन्नस्थानमा रहेका गाँजाघारी फडानी गरेका छन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर १० को बानेश्वर क्षेत्रलाई सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन निषेधित क्षेत्र घोषणा गरेका जनप्रतिनिधिहरूले गाँजा फडानीमा समेत सक्रियता देखाएका हुन् । लागुऔष र कुलतविरुद्ध उक्त क्षेत्रका जनप्रतिनिधिहरू एक भएर लागेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस