स्वास्थ्यमा एक अरब बेरुजु देखाउने महालेखाका कर्मचारी बेरुजु छल्न बिदेश भ्रमणमा


काठमाडौं । महालेखा परीक्षककाे कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्राालयमा १ अरब बढि रकम खर्च हुन नसकेेकाे भन्दै बेरुजु निकालेकाे छ । अरुकाे काममा प्रश्न उठाउदै बेरुजु देखाउने महालेखाका कर्मचारी आफ्नाे कार्यालयकाे बेरुजु छल्न असार मसान्तमा बिदेश भ्रमणमा निस्किएका छन् ।

झण्डै ५ दर्जन कर्मचारी हुल बाधेर बिदेशमा छन् । स्वास्थ्य लाइभले पाएको विवरण अनुसार स्वास्थ्यको अनुदानमा मात्रै १ अर्ब बेरुजु देखिएको छ । स्वास्थ्यमा व्यापकै सुधार गरेको भ्रम सिर्जना गरेका थापाले समेत बेरुजु फछ्यौट गर्न नसकेको धेरैको बुझाई छ । मन्त्रालयका अनुसार ०७१ सालदेखिको बेरुजु देखिएको छ ।

मन्त्रालयका अनुसार ८७ करोड ३६ लाख १५ हजार ८६७ रुपैयाँ बेरुजु देखिएको छ । अनुदानमा कुनै पारदर्शिता नभएका कारण पनि ठूलो रकम बेरुजु हुन पुगेको हो । स्वास्थ्य मन्त्रालयलाई संस्थाहरुले अनुदान लगेको रकमको खर्च हिसाब देखाउँदैनन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामुदायिक अस्पतालहरुलाई अनुदान उपलब्ध गराउँनेसम्बन्धी निर्देशिका, २०७३ बमोजिमका शर्तहरु पालना गरे नगरेको वित्तीय तथा भौतिक प्रगति पेश नगरेको भनि महालेखाले समेत प्रश्न उठाउँने गरेको छ ।

श्राेतका अनुसार बेरुजु लेख्ने महालेखा परीक्षकको कार्यालयले असारको अन्त्यमा आफै बजेट खर्च गराउन ५७ जना कर्मचारीलाई बिदेश भ्रमणमा पठाएको छ।

आर्थिक वर्ष २०७९/८० को बजेट फ्रिज हुन नदिने मनसायले वैदेशिक तालिम तथा घुमघाममा भाग लिन महालेखा परीक्षकको कार्यालयका ३ जना सह-सचिव सहित ३० जना र सोको अनुगमन गर्न उप-महालेखापरीक्षक विन्दु बिष्ट सहित २ जना कर्मचारीहरु २०८० असार २५ गते थाईल्याण्ड भ्रमणमा गएका थिए । उनिहरु भने साउन २ गते स्वदेश फर्किएका छन् ।

केही कर्मचारीहरु उतैबाट सिंगापुर घुम्न गएका छन् । वैदेशिक मनोनयनमा विवाद उत्पन्न भए पश्चात् थप २५ जना कर्मचारीलाई ५ दिने भारतको कलकत्ता भ्रमणमा मनोनयन गरेकोमा उक्त टोली पनि असार ३१ गते स्वदेश फिर्ता भईसकेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ