काम हैन चर्चा चाहिने स्वास्थ्य मन्त्री, वीरको भिभिआइपी सधै खाली तर फेरि शैय्या थपे


काठमाडौं । नेपालीमा एउटा उखान छ, गर्नेलाई भन्दा देख्नेलाई लाज ! अहिले स्वास्थ्य क्षेत्रमा त्यस्तै भएको छ । २० बैशाखमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रुपमा मोहन बहादुर बस्नेत नियुक्त भएपछि उनले केही काम राम्रो गर्न खोेजे पनि अधिकांश काम जनता ढाट्ने सिबाय केही छैन । धेरै कामका बारेमा हामी भोली केलाउँला तर, आज लेख्नै पर्ने भएर एउटा विषय उठाउन लागिएको हो ।

मंगलबार मन्त्री बस्नेतले वीर अस्पताल पुगेर एउटा निर्णय गरे । उक्त निर्णयको समाचार लेख्न नियमीत स्वास्थ्यमा कलम चलाउने स्वास्थ्य पत्रकार लगिएको थिएन । किनभने स्वास्थ्य पत्रकारलाई धेरै कुरा जानकारी छ । मन्त्री बस्नेतले वीर अस्पताल पुगेर भिभिआइपी र भिआइपी शैय्या बढाए । सबै तीर समाचार आयो “स्वास्थ्य मन्त्रीको ऐतिहासिक काम, स्वास्थ्य मन्त्रीले वीरमा थपे पाँच वटा भिभिआइपी र भिआइभी वेड” । यो निर्णय नराम्रो छ त ? पक्कै छैन । तर, यसरी लेख्दै गर्दा अहिले सम्म ३४ वर्षमा कति जना भर्ना भए भन्ने कुरा ख्यालै भएन । किनकी थापाउनेलाई खबरै गरिएन ।

नयाँ थपिएको भिभिआइपी कक्ष

वीर अस्पतालले भिभिआइपी कक्ष भनेरै संचालन गरेको ३४ वर्ष पुगेको छ । भिभिआइपी कक्ष र भिआइपी कक्ष गरी दुई वटा सुबिधा सम्पन्न कक्ष र वेड छन् । तर, ३४ वर्षको इतिहासमा अहिले सम्म कुनै पनि भिभिआइभी उपचारका लागि नआएको वीर अस्पतालले जनाएको छ । आकस्मिक परेको खण्डमा भिभिआइपी केही घण्टाका लागि शिक्षण अस्पताल जान्छन् अन्यथा पिसाब पोल्दा पनि दोस्रो र तेस्रो मुलुक जाने गरेका उदाहरण कयौं छन् ।

वीर अस्पतालका उपकुलपति प्राध्यापक डा भुपेन्द्र कुमार बस्नेतले इतिहासमा अहिले सम्म एक जना पनि भिभिआइपी उक्त कक्षमा भर्ना नभएको बताए । यस्तो अवस्थामा २० औं लाख खर्च गरेर भिभिआइपी र भिआइपी कक्ष थप गर्नुपर्ने बाध्यता कसरी आयो त्यो संकाको घेरामा छ । एउटा भिड जम्मा पारेर शैय्या थप गरेको भनेकै भरमा चर्चामा आउँनु स्वभावीक होला तर, त्यसको आवश्यकता थियोकी थिएन यसको बहस बजारलाई छाडौं ।

३४ वर्ष देखि थन्किएको भिभिआइपी कक्ष

वीर अस्पतालका कर्मचारीलाई हामीले सोध्यौं उनिहरु भित्र भित्रै हासिरहेका छन् । किनकी वीरमा भएको एउटा भिभिआइपी कक्षले अहिले सम्म बिरामी पाएको छैन अब ५ वटाले कहाँबाट पाउँने हो ! एउटा मन्त्रीले सोच बिचार गरेर निर्णय लिने हो चर्चात रत्नपार्कको रुखमा बसेर हिजो “मकुन्दे”ले पनि कमाएकै थियो अधिकारीहरु भन्छन् । वीरका एक उच्च अधिकारीले भने, कमसेकम भिभिआइपी र भिआइपी कक्षमा बिरामी भर्ना भएर अपुग भएको भए थप्न राम्रो हुनेथियो जहाँ भर्नै भएका छैनन् भने थप गरेर सस्तो लोकप्रिय बन्नु आफैमा लाज हुने विषय हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ