धरानमा डेंगी नियन्त्रणबाहिर


काठमाडौं । सुनसरीको धरानमा डेंगी महामारी नियन्त्रणबाहिर पुगेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डेंगीका बिरामीलाई राख्न मुस्किल परिरहेको छ ।

डेंगीका बिरामीले वीपी प्रतिष्ठानमा उपचारका लागि शय्या नपाएर भुइँमै लडिरहेका छन् । यस्ले धरानमा डेंगी संक्रमितको अवस्था निकै भयावह देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको ध्यान अन्तै तर्फ केन्द्रित हुँदा पूर्वी तराईमा डेंगीले आतंक मच्चाएको छ । पूर्वी तराईमा फैलिएको डेंगी महामारी नियन्त्रण गर्ने उनको प्राथमिकता परेको देखिँदैन । डेंगी महामारीको भयानक अवस्थाबारे धरानमा देखिएको बिजोगले नेपालको स्वास्थ्य प्रणाली नै ध्वस्त हुने त होइन भन्ने सरोकारवालाहरूको चिन्ता छ । तर, स्वास्थ्यमन्त्री बस्नेत बेप्रवाह देखिन्छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ