होटल भियाना: नक्कली चाइनिज डाक्टरको नेपाली ठग्ने अखडा


काठमाडौं । १ क्विन्टल सुन तस्करीको आरोपमा आइतबार समातिएका दावा छिरिङका कारण ठमेलस्थित होटल भियना चर्चामा आएको छ । होटल भियानाका सञ्चालक लामालाई राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको हो । तर, उक्त होटलमा भइरहेको अर्को अवैध धन्दाको विषयमा भने खासै चर्चा छैन ।

काठमाडौं महानगरपालिकाले सील गरेको बौद्धस्थित चाइनिज पिपुल्स हस्पिटलबाट बिरामी ल्याएर होटल भियानामा चिर्ने काम भइरहेको छ । उक्त होटल नक्कली चाइनिज डाक्टरको नेपाली बिरामी ठग्ने अखडा बनेको पाइन्छ ।

स्वास्थ्य लाइभसहितको टोलीले बौद्धस्थित चाइनिज पिपुल्स हस्पिटलमा अपरेशन गर्दा डाक्टरहरूको भागाभाग भएको थियो । उक्त अपरेशनपछि काठमाडौं महानगरपालिकाले फेरि हस्पिटल सील गर्‍यो । तर, यता होटल भियानामा नक्कली चाइनिज डाक्टरको अवैध धन्दा भने रोकिएको छैन । उक्त होटलमा नेपाली बिरामीलाई नक्कली चाइनिज डाक्टरले चिर्ने र ठग्ने काम जारी राखेका छन् ।

सुन तस्करीमा भियाना होटल सञ्चालक लामा जोडिनु र त्यसमा नेकपा माओवादी केन्द्रका शीर्ष नेताकै उठ्बस देखिनुले उक्त होटल चाइनिजको नेपालमा अवैध धन्दा चलाउने अखडा रहेको पुष्टि हुन्छ । उक्त होटल बिरामीदेखि सुन तस्करीसम्ममा अखडा बनेको देखिन्छ । चाइनिजहरूका हरेक अवैध धन्दा उक्त होटलमा भइरहेको खुल्न आएकाले काठमाडौं यसमा राज्यको गम्भीर ध्यानाकर्षण हुन जरूरी छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ