ओम हस्पिटलमा “बेसिक फर नर्सेस” सघन उपचार नर्सिङ कार्यशाला शुरु


काठमाडौं । ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा सघन उपचार (आइसियू) नर्सिङको आधारभूत कार्यशाला शुरु भएको छ । सघन उपचार विभागमा कार्यरत नर्सहरुलाई दक्ष बनाउन क्रिटिकल केयर डेभलोपमेन्ट फाउन्डेशन र क्रिटिकल केयर नर्सेस एसोसिएशनको अगुवाइमा शुरु भएको कार्यशालाले सघन उपचरमा विशेष योगदान दिने अपेक्षा गरिएको छ ।

ओम हस्पिटल संचालक समितिका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठले नेपालको सघन उपचार शिक्षामा योगदान गर्न पाएकोमा हस्पिटल परिवार गौरवान्वित भएको बताए । उनले यस किसिमका विशेष कार्यशालाले नेपालको स्वास्थ्य उपचारलाई थप उचाई प्रदान गरेको र विश्वका राम्रा अस्पताल सरहको बनाउनेमा आफु विश्वस्त रहेको जिकिर गरे ।

हस्पिटलकी नर्सिङ डाइरेक्टर उमा श्रेष्ठले ओम हस्पिटलले नर्सहरुको सिप र दक्षता अभिबृद्दि गर्न यस किसिमका कार्यशाला र तालिमहरु नियमित रुपमा गर्दै आएको जिकिर गरिन् । उहाँले यस किसिमका तालिमहरुले नर्सिङ सेवाको स्तर बृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताइन् ।

क्रिटिकल केयर डेभलोपमेन्ट फाउण्डेशनका संस्थापक सदस्य डा. प्रमेश सुन्दर श्रेष्ठले नेपालको सघन उपचार बिगतको तुलनामा निकै स्तरिय भएको बताए । मन्तव्यका क्रममा क्रिटिकल केयर नर्सेस एसोसिएशनकी अध्यक्ष विमला श्रेष्ठले सघन उपचारमा काम गर्ने नर्सहरुलाई लक्षित गरेर आयोजित कार्यशाला अत्यन्त प्रभावकारी रहेको र उपचारका सिलसिलामा उपयोगि हुने जानकारी दिइन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ