देशभर ६१८ वटा अत्यावश्यक उपकरण सेवाको पर्खाईमा, बिरामी कुर्नेमा भेन्टिलेटर बढी


काठमाडौं । सरकारी तथ्यांक अनुसार देशभर ६१८ वटा अत्यावश्यक उपकरण सेवाका लागि बिरामीको पर्खाइमा रहेका छन् । बिरामीको पर्खाईमा रहने मध्ये आधिकांश भेन्टिलेटर छन् ।

कोरोना भाइरस कोभिड १९ को महामारीका बेला सरकारले खरिद गरेका र दान दातव्यबाट आएका अत्यावश्यक उपकरण अहिले बिरामीको पर्खाईमा छन् । सेवा दिन बिरामी नपाउँदा यी उपकरणका पाटपुर्जा ९करङ्० मा खियाँ लाग्न थालेका छन् ।

विवरण अनुसार भेन्टिलेटर, पोर्टेबल भेन्टिलेटर, बिप्याप, सिप्याप, इन्क्लुजन पम्प, इसिजी मेसिन, अटोक्लेभ मेसिन, ब्लड ग्यास एनलाइजर लगायतका थुप्रै महत्वपूर्ण उपकरण प्रयोग विहीन छन् । सरकारी अधिकारीहरू भन्छन् सबै भन्दा बढी भेन्टिलेटर बिरामी नपाएर बसेका छन् ।

स्वास्थ्य लाइभले पाएको पछिल्लो विवरण अनुसार देशभरका अस्पतालमा ६१८ वटा उपकरण सञ्चालन विहीन छन् । कोभिडको समयमा खरिद गरेका वा दान दातव्यमार्फत आएका उपकरणहरू अहिले बेवारिसे लास जस्तै भएका छन् । बिरामीले उपचारका लागि आइसीयु भेन्टिलेटर पाएका छैनन् तर, देशका ठुलै अस्पतालमा २५ वटा भन्दा बढी भेन्टिलेटर बिरामीको पर्खाईमा छन् ।

हिजो कोरोनाले गर्दा अपुग भएपनि अहिले सामान्य अवस्थाले गर्दा ठुलो सङ्ख्यामा उपकरण थन्किन पुगेका हुन् । सरकारले यी उपकरणलाई सञ्चालनमा नल्याए केही समय पछि कामै नलाग्ने अवस्थामा पुग्नेछन् । हुनत आफ्नो एकै रुपैयाँ लगानी नभएपछि बिग्रे, भत्किए कुनै माया हुदैन । किनकी कोरोनामा आएर हाल थन्किएका सबै जसो उपकरण राज्यले किन्नु परेको थिएन । त्यस कारणले पनि यतीको सङ्ख्यामा उपकरण थन्किँदा कसैको मुटु पोलेको छैन । हाम्रो पोलेको छ तर, हामी निर्णय गर्ने ठाउँमा छैनौ । सल्लाह दिन सक्छौँ तर, मन्त्री सल्लाह लिने खालका छैनन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ