माेहन बस्नेतले ढल मन्त्रालयलाई स्वास्थ्य मन्त्रालय बनाए


काठमाडौं । स्वास्थ्य लाइभले लामाे समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नाम ढल मन्त्रालय उल्लेख गरेर समाचार लेख्याे । स्वास्थ्य जस्ताे निकायमा वरिपरि ढल खुला भएपछि सांकेतिक रुपमा ढल मन्त्रालय उल्लेख गरिएको थियाे ।

स्वास्थ्यकाे अव्यवस्थित ढल

तस्वीरमा देखिन्छ मन्त्रालय ढलभित्र डुबुल्की मालिरहेकाले स्वास्थ्य लाइभको टिमले स्वास्थ्य मन्त्रालयलाई ढल मन्त्रालयको संज्ञा दिन उपयुक्त ठानेेकाे थियाे । तर, अहिले माेहन बहादुर बस्नेेत स्वास्थ्य तथा जनसंख्या मन्त्री भएपछि त्यसलाइ पुरानै अवस्थामा फर्काएका छन् । उनले भित्री सुधार गर्न नसके पनि बाहिरी सुधारकाे संकेत देखाए छन् ।

ढललाइ व्यवस्थापन गर्दै

ढल मन्त्रालयलाई पुन स्वास्थ्यमा फर्काउन सफल भएका छन् । अहिले स्वास्थ्य – स्वास्थ्य जस्ताे देखिएको छ । सफा छ । ढलहरु व्यवस्थित बनाइएको छ । हिजाे ढलले घेरिएको मन्त्रालय अहिले ढल देख्न छाडिएको छ ।

स्वास्थ्य मन्त्रालय पानी पर्न साथ ढलका कारण दुर्गन्धित बन्न थालेको थियाे। पानी परेपछि स्वास्थ्य मन्त्रालयमा छिर्न नसक्ने अवस्था थिएन । मानिसको स्वास्थ्यलाई ठिक पार्ने उद्देश्यले स्थापना भएको स्वास्थ्य मन्त्रालय ढल र त्यसको दुर्गधले महामारी फैल्याउने थलो बन्ने खतरामा पुगेको थियाे। अहिले तत्काललाई महामारीको अवस्था टरेकाे छ ।

मर्मत पछिकाे तस्बिर

स्वास्थ्यमा कृषि विकास बैंक देखि, प्रहरी परिसर, सरकारी वकील कार्यालय तथा राष्ट्रिय वाणिज्य बैंकसम्मकाे ढल पुग्ने गरेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ