कर्मचारीको विदेश भ्रमणमा कठोर बनेका स्वास्थ्य मन्त्री बस्नेतले ‘फायर’ खोले, बिमाको कार्यक्रममा अरुकै रजाँई 


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले मन्त्री भएको नयाँ जोशमा विदेश भ्रमणलाई कडाइ गर्ने बताएका थिए । उनले कार्यक्रमको आवश्यकता र सम्बन्धित व्यक्तिको विषयमा बुझेर मात्रै फायल अगाडी बढाउने बताएका थिए । तर, मन्त्री भएको एक सय दिन नपुग्दै उनको अडानले ‘द्योती’ लगाएको छ ।

क्षमता अभिवृद्धि मार्फत नेपालमा प्रभावकारी स्वास्थ्य बीमा प्रणालीको विकास सम्बन्धी एक कार्यक्रममा भाग लिन १५ जनाको सानो टोली विदेश पठाउँने भएका छन् । विमा सम्बन्धी कार्यक्रममा उनले स्वास्थ्य मन्त्रालयका उप सचिव सहितको टोली कोरिया पठाउँने निर्णय गरेका छन् । आगामी सेप्टेम्बर ३ देखि १२ सम्म कोरियामा कार्यक्रम हुने छ ।

देशमा स्वास्थ्य बीमा असफल भएको बेला उनले सम्बन्धीत कर्मचारी भन्दा पनि बाहिरका कर्मचारी पठाउँन गरिएको सिफारीसलाई निकै महत्वका साथ हेरिएको छ । अझ गज्जवत एक हप्ता अगाडी आएका उप सचिवलाई समेत सिफारिस गरिएको छ ।

भाषण एउटा काम अर्कै गर्ने मन्त्रीलाई लाज, सरम घिन भन्ने लाग्दो रहेनछ । केही कर्मचारीले यो सिफारिसमा न्याय पाएका छन् । तर, अधिकाशंको नाम हचुवामा सिफारिस भएको छ । यो सिफारिसले स्वास्थ्यमा काम गर्न आउँने भन्दा पनि विदेश जानकै लागी शक्ति केन्द्रको बलमा आउँने गरेको स्पष्ट भएको छ ।

यी हुन १५ जना

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ