निजी अस्पतालविरूद्ध आक्रामक बन्दै बालेन


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले निजी अस्पतालविरूद्ध आक्रामक नीति लिएका छन् ।

काठमाडौं महानगरपालिकाले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेकोले उनले आक्रामक नीति लिएका हुन् । बालेनको निर्देशनमा काठमाडौं महानगरपालिकाले निजी अस्पताल तथा स्वास्थ्य संस्थाको नियमित अनुगमन गर्ने तयारी गरेको हो । बालेनको सचिवालयका अनुसार यो कामका लागि प्रभावकारी संयन्त्र बनाउने तयारी भइरहेको छ ।

काठमाडौं महानगरपालिकाले अस्पताल तथा स्वास्थ्य संस्थाले अपनाउनु पर्ने मापदण्ड पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन खोजेको छ । अस्पतालको कुल शय्याको १० प्रतिशत निःशुक शय्यादेखि निःशुल पार्किङसम्म कार्यान्वयनमा आए/नआएको महानगरपालिकाले अनुगमन गर्न खोजेको हो । काठमाडौं महानगरपालिकाभित्र सञ्चालित स्वास्थ्य संस्थाले स्थानीय तहको कानुन समेत पालना गरे/नगरेको महानगरले अनुगमन गर्ने भएको छ ।

भवन बनेको जग्गा जत्तिकै पार्किङका लागि छुट्याउनु पर्ने, नियमित नवीकरण गर्नु पर्नेलगायतका विषयमा समेत महानगरले कडाई गर्न लागेको हो ।

काठमाडौं महानगरपालिकाभित्र सञ्चालित संघ र प्रदेशस्तरका अधिकांश अस्पतालहरू नवीकरण नभएको चर्चा छ । चाबहिलको दीर्घायू गुरू अस्पतालदेखि बानेश्वरका केही अस्पताल समेत नवीकरण हुन नसकेको पाइन्छ । यो विषयमा समेत सम्बन्धित निकायले अनुगमन र नियमित गर्नु पर्ने आवश्यकता देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ