स्वास्थ्य बीमा खरानी पार्न कस्सिए स्वास्थ्यमन्त्री : नैतिकता भए गल्ति सच्याउनाेस्, अन्जिर भए अगाडि बढ्नोस्


काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले नेपालमा अन्तराष्ट्रिय बेइज्जत गराएका छन् । सुरु देखि स्वास्थ्यमा विवादीत बनेका बस्नेतले एक पछि अर्को गर्दै नेपालको छवि अन्तराष्ट्रिय जगतमा खरानी बनाउँन लागेका छन् ।

०८० बैशाख २१ गते स्वास्थ्यमन्त्रीको रुपमा पदबहाली गरेका उनले त्यस यता कुनै पनि काम विवाद रहित बनाउँन सकेनन् । बरु आफ्नो पक्षमा कलम नचलाउने पत्रकारलाई आफ्ना कार्यक्रममा उपस्थित गराएनन् । अहिले स्वास्थ्य बीमा सम्बन्धी कोरियामा हुने १० दिनको उच्चस्तरीय कार्यक्रमलाई लिएर फेरी विवादमा परेका छन् ।

स्वास्थ्य मन्त्रालयमा ह्वास्स गन्हाउन थालेका मन्त्री आफ्नो कमजोरी सुधार गरेर अगाडि बढ्ने पक्षमा छैनन् । विदेश पठाउँने विषयमा सुरुका दिन निकै कडाइ गरेका मन्त्री अहिले दिनहुँ जसो विदेश पठाउँने नाम सिफारिस गरेर बसिरहेको अधिकारीहरू बताउँछन् । मन्त्री ज्यू, तपाइले अहिले सम्मका मन्त्रीले नगरेको काम स्वास्थ्यमा गर्नुभयो, कसैले यति मात्रै भने उसको विदेश यात्रा शतप्रतिशत पक्का हुन्छ ।

स्वास्थ्य बीमा प्रति सुरुवाती दिनमा मन्त्रीले बोलेका कुरा पढौं है त

२०८० वैशाख २१ गते स्वास्थ्यमन्त्री बस्नेतको पहिलो निर्णय  :
स्वास्थ्य बीमा कार्यक्रममा सर्वसाधारण नागरिक समेतको सहज पहुँच र सुविधाका लागि सरलीकृत गर्न आवश्यक छ । यसका लागि दातृ निकाय समेतको सहभागिता जुटाएर स्वास्थ्य संस्थामार्फत स्वास्थ्य बीमाको सेवालाई थप व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने छु ।

२०८० बैशाख २३ गते, मन्त्री भए पछिको दोस्रो भाषण :
स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने छ । नागरिकको उपचारको व्यवस्था गर्ने दायित्व सरकारको भएकाले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने छ । आवश्यक नीति निमार्ण गरेर अगाडि बढिने छ ।

२०८० असार ११ गते मन्त्री मोहनबहादुर बस्नेत प्रतिनिधिसभामा बोल्दै :

स्वास्थ्य बीमा कार्यक्रममा देखिएका कमीकमजोरीलाई सुधार गर्दै लैजाने छु । स्वास्थ्य बीमामा देखिएका कमीकमजोरीहरूलाई हटाउने गरी कार्ययोजना बनाउने काम भइरहेको छ । बीमालाई जनताले अनुभूत गर्नेगरी सेवा दिइने छ । त्यसका लागि आवश्यक सुधार गरिने छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बहादुर बस्नेतले गरेका यी बकम्फुसे भाषण उदाहरणका रुपमा मात्रै हामीले प्रस्तुत गरेका हौं । उनले यस्ता बकम्फुसे भाषण हरेक दिन गरिरहेका छन् । राज्यको महत्वपूर्ण कार्यक्रमका रुपमा रहेको स्वास्थ्य बीमा अहिले पूर्णत असफलताको बाटोमा लागेको छ । नीति नियम परिवर्तन गरेर जनतामुखी बनाउँनु पर्ने छ । लामो समय देखि अध्यक्षको पद रिक्त रहेको छ ।

स्वास्थ्य बीमा कार्यक्रम नेपालमा खरानी पार्न मन्त्री बस्नेत कस्सिएका छन् । कसैको सल्लाह समेत नमान्दा कर्मचारीले समेत उनलाई छाडा छोडेका छन् । स्वास्थ्य बीमा कार्यक्रम सुधार गर्न र आवश्यक नियम कानुनको तर्जुमाका लागि कोरियामा अन्तराष्ट्रिय स्तरको १० दिने सम्मेलन हुदैछ । उक्त सम्मेलनमा कोरिया सरकारले स्वास्थ्य बीमाका कर्मचारीलाई आमन्त्रित गर्न परिपत्र गरेको छ । स्वास्थ्य लाइभलाई अर्थ मन्त्रालयले उपलब्ध गराएको डकुमेन्ट अनुसार कोरियाले सिधै अर्थमा सिफारिस पत्र पठाएको थियो ।

अघिल्लो वर्ष देखी तीन वर्ष कोरियाले नेपालको स्वास्थ्य बीमा सुधार गर्न त्यहाँका कर्मचारीलाई सहभागी गराउँदै आएको छ । अघिल्लो वर्ष कोभिडले गर्दा अनलाइनमा कार्यक्रम भएको थियो । यो वर्ष भने फिजिकल गर्ने भएको छ । त्यसका लागि नेपालबाट बीमा बोर्डमा १५ जना कर्मचारी मागेको छ । लिखित रुपमा मागिएको उक्त पत्र स्वास्थ्य लाइभसँग छ ।

अघिल्लो वर्ष सहभागीहरु

 

कोरिया स्वास्थ्य बीमामा एक पायनियर देश हो । उसले बीमा सञ्चालनमा भएका तर, बिचमा अलमलिएका देशलाई तीन वर्ष सम्म तालिम दिएर क्षमता वृद्धि गर्ने निर्णय लिएको हो । सोही निर्णय अनुसार यस पटक १५ जना लैजाने भएको हो । ‘हाम्रो देशमा यस्तो छ, तिमीहरू पनि यो मोडलमा लैजान सक्छौँ ’ भनेर सिकाउन कोरियाले बोलाएको हो ।

कोभिडका कारण अघिल्लो वर्ष अनलाइन कार्यक्रम भयो । दोस्रोमा लैजाने तर, उच्च तहको कर्मचारी  (सह सचिव )  पठाउँन भन्दै पत्रमा स्पष्ट उल्लेख गरेको छ । तेस्रो वर्षमा मध्यम तहका कर्मचारी बोलाएको छ ।

अझ मुख्य कुरात, समग्र देशको बीमा सम्बन्धी  रिर्पोट पेश गर्न सक्ने कर्मचारी पठाउन भनेको छ । तर, स्वास्थ्य मन्त्री बस्नेतले बीमाका अधिकारी समेट्न दिएनन् । पार्टीका कार्यकर्ता बाहेक १५ जनामा कोही बीमा सम्बद्ध व्यक्ति छैनन् ।

 

के भयो खेलो 
कोरिया सरकारले जुलाई ४ सन् २०२३ मा अर्थ मन्त्रालयमा बीमाका १५ जना कर्मचारीको माग गर्दै परिपत्र गरेको थियो । कोइकाले अर्थ मन्त्रालयका सह सचिव श्री कृष्ण नेपाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य बीमा बोर्डका कर्मचारी पठाउँन भन्दै पत्र पठाएको थियो ।

कोईकाको पत्र अनुसार अर्थ मन्त्रालयले स्वास्थ्य बीमा बोर्डलाई बोधार्थ दिदै कोईकाको आग्रह अनुसार १३ जना बीमा सम्बन्धी मुख्य व्यक्ति र वैकल्पिक ३ जना गरी १६ जना कर्मचारीको मनोनयन गरी पठाउँन भनेको थियो ।

अब खेल यहाँबाट सुरु भएको छ, 

कोईकाको पत्र अनुसार नै अर्थले पत्र पठाएको स्वास्थ्य लाइभले फेला पारेको छ । अर्थले नियमको पूर्ण पालना गरेको लेखिन्छ । उसले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदा बोधार्थ स्वास्थ्य बीमा बोर्डलाई दिएको थियो । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने बोर्डलाई एकैरती सोधेन ।

मन्त्री बस्नेतले स्वास्थ्य बीमासँग सल्लाह नगरी मनलाग्दी नाम हाल्न लगाएका छन् । जुन कुरा पत्रले पुष्टि गरेकै छ । मनोनयन गर्दा अघिल्लो वर्ष सहभागी भएका मध्ये दुई जनालाई कुनै पनि अवस्थामा छुटाउन नहुने कोरियाको भनाई छ । तर, स्वास्थ्य मन्त्रीले कोरियाको पत्रलाई अवमूल्यन गर्दै आफूखुसी सिफारिस गरेका हुन् । यसले बीमा खरानी हुने निश्चित छ ।

नियम विपरित सिफारीस गरेका १५ जना

यस्तो छ कोइकोको पत्र

 

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ