प्रदेशस्तरका अस्पताल मापदण्ड अनुसार चले/नचलेको अनुगमन हुने


काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशको क्षेत्राधिकारभित्र रहेका अस्पतालहरू मापदण्ड अनुसार चले/नचलेको विषयमा अनुगमन गर्ने भएको छ ।

बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री उत्तम जोशीले स्वास्थ्य लाइभसँग कुरा गर्दै त्यसको तयारी भइरहेको जानकारी दिए ।

काठमाडौं महानगरपालिका र संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अस्पताल अनुगमन र कानून कार्यान्वयनमा सक्रिय भइरहँदा बागमती प्रदेश सरकार भने अहिलेसम्म चुपचाप देखिन्छ । काठमाडौं उपत्यकामा अधिकांश अस्पतालहरू प्रदेश सरकार माहतहतमा रहेका छन् । तर, प्रदेश सरकार सुस्त बन्दा ती अस्पतालहरुको अवैध धन्दा चलिरहेको छ । स्वास्थ्यमन्त्री जोशीले प्रदेश सरकारको यो विषयमा ध्यानार्कषण भएको बताए ।

प्रदेश सरकार मातहत गएपछि चलेका अस्पतालहरू पनि नवीकरण हुन नसकेको देखिन्छ । प्रदेश सरकारको फितलो अनुगमनका कारण निजी अस्पतालहरूको रजाइँ चलिरहेको पाइन्छ । प्रदेश सरकार नियमनको भूमिकामा कमजोर देखिंदा यसको फाइदा निजी अस्पतालहरूले लुटिरहेका छन् । अनुगमन गर्ने संयन्त्र बलियो नबाउने हो भने बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको औचित्यमाथि नै प्रश्न खडा निश्चित छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ