काज फिर्ताले अस्तव्यस्त बन्दै स्वास्थ्य सेवा, सीमानाकामा स्वास्थ्य परिक्षण बन्द


काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बहादुर बस्नेतले एउटा राम्रो निर्णय लिए । अहिले सम्मका मन्त्रीहरूले लिन नसकेको निर्णय उनले लिए । कर्मचारीको काज फिर्ताबाट आउने दबाबको जिम्मेवारी आफू लिने तर, काम हुनुपर्छ भन्दै कर्मचारीलाई हौसला समेत दिए । तर, उनले काज फिर्तालाई जसरी उठाए त्यसले के असर पार्छ भन्ने विषयमा सोचेनन् । 

मन्त्री बस्नेतले एउटा मात्रै शब्द भनेका छन् ‘काज फिर्ता गर्न नसके सम्बन्धित प्रमुखको सरुवा गरेर निर्देशन पालना गर्न सक्ने कर्मचारी पठाउँछु ।’ मन्त्रीको यस्तो अभिव्यक्ति पछि कठोरका साथ नेतृत्वकर्ता काज फिर्ताको निर्देशन पालना गर्न लागेका छन् ।

अधिकारीहरूले बताए अनुसार ५० प्रतिशत बढी कर्मचारी फिर्ता भएका छन् । काजमा बस्नेतहरू सबै राजनीतिक आडमा बस्दै आएका थिए । कतिपयले अदालतबाट स्टे अडर लिएर यथास्थितिमा बसेका छन् । स्वास्थ्यमन्त्री मोहन बस्नेत र स्वास्थ्य सचिव डा रोशन पोखरेलको योजना अनुसार काज फिर्ता सुरु भएको हो । निर्देशनलाई महानिर्देशक र महाशाखा प्रमुखले पूर्ण कार्यान्वयन गरेका छन् । 

काज फिर्ताले विशेषगरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा बढी असर परेको छ । महामारीजस्ता क्षेत्रमा काम गर्ने महाशाखाका कर्मचारी सबै फिर्ता भएका छन् । स्वास्थ्यमन्त्रीको निर्देशन पालना गर्ने क्रममा मंगलबार देशभरका सीमानाकामा कार्यरत कर्मचारीहरूको काज फिर्ता भएको छ । 

सरकारले देश महामारीजन्य रोगको जोखिममा भएपछि सिमानाका र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वास्थ्यकर्मी परिचालन गरेको थियो । उक्त कामले देशलाई महामारीको जोखिमबाट जोगाउन ठुलो सहयोग पुगेको अधिकारीहरू बताउँछन् । तर, मन्त्री बस्नेतले जसरी पनि काज फिर्ता हुनुपर्ने बताए पछि मंगलबार हेल्थ डेक्सबाट ३० जना कर्मचारी फिर्ता गरिएको छ । यो निर्णयले सबै हेल्थ डेस्क खाली भएका छन् । यस अगाडि मात्रै महाशाखामा कार्यरत १३ जना स्वास्थ्यकर्मीलाई फिर्ता गरिएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र प्रसाद मरासिनीले मन्त्रीको निर्देशन पालना गरेको बताए । उनले सेवामा असर पारेपनि हामीले मन्त्रीको निर्देशनलाई इमान्दारिताका साथ पालना गर्नुपर्ने बाध्यता भएको बताए । 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ