बानेश्वरबासी डेंगी सचेतना र गाँजा फडानी अभियान एक साथ चलाउँदै


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १० बानेश्वरबासी मिलेर डेंगी सचेतना कार्यक्रम र गाँजा फडानी अभियान एक साथ चलाउँदै आएका छन् । वडा नम्बर १० को थापागाउँ, नयाँ बानेश्वर, बुद्धनगर क्षेत्रमा उक्त अभियान एकसाथ चलिरहेको छ ।

प्रहरी, जनप्रतिनिधि, स्थानीय विभिन्न संघसंस्था र समाजसेवी स्थानीय बासिन्दाहरू मिलेर संयुक्त रुपमा डेंगी सचेतना कार्यक्रम र गाँजा फडानी अभियान एक साथ चलाउँदै आएका छन् । उक्त अभियान सफलतापूर्वक चलिरहेको सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वर १० का प्रमुख तारा दयालले बताए ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडा सदस्य सतिश तण्डुकारका अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा समिति तथा सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वर १०, कामपा वडा नम्बर १० का जनप्रतिनिधि मिलेर डेंगी सचेतना तथा गाँजा फडानी अभियान सञ्चालन भइरहेको छ ।

उक्त अभियानमा लायन्स क्लब अफ काठमाडौं,  तेस्रो अँखा युवा क्लबलगायत विभिन्न टोलसुधार समिति, सामुदायिक प्रहरी र स्थानीयहरुको सहभागितामा रहेको उनको भनाइ छ ।

कामपा १० बुद्धनगर स्थित दुर्गामार्ग भित्री एरियाको खाली जग्गामा आफैं उम्रेको गााँजाका बोटहरु फडानी गर्नुका साथै उक्त एरियामा रहेका लाम्खुट्टेका लार्भाहरु समेत नस्ट गर्ने काम गरिएको वडा सदस्य तण्डुकारले जानकारी दिए ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० बानेश्वर र आसपासका क्षेत्रमा यो अभियान निरन्तर चलिरहेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #गाँजा फडानी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ