काेशी प्रदेशकाे सत्ता संकटमा: अचानक उपसभामुख बिरामी परिन्


काठमाडौं । कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार बिरामी परेकी छन् । मुख्यमन्त्री उद्दव थापााले आज विश्वासको मत लिने दिन दनुवार अचानक बिरामी परेपछि काठमाडौ आएकी छन् ।

अधिकारीहरुले बताए अनुसार एमालेले सत्ता ढाल्ने उदेश्य अनुसार नै दनुवारलाई सुनियोजित रुपमा काठमाडौं बाेलाएकाे बुझिएको छ ।
उपसभामुख दनुवार बिहान ७ बजेको यति एयरलाइन्सको फ्लाइटबाट काठमाडौँ आएकी छन् ।

कोशी प्रदेश सभा सचिवालयमा बैठकमा प्रस्तुत गरेको पत्रमा उनले भनेकी छन्, ‘मेरो स्वास्थ्यमा अचानक समस्या उत्पन्न भई उपचार गर्न प्रदेश बाहिर जानु पर्ने भएकोले मिति २०८०।०५।०४ गते र तत्काल सो भन्दा पछिका सभाको बैठकको अध्यक्षता गरी सभाको बैठक सञ्चालन गर्न असमर्थ भएको छु ।’

दनुवारले आफ्नो अनुपस्थितिमा कोशी प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधन २०७५) को नियम ११ को उपनियम (१) बमोजिम सभामुख र उपसभामुखको अनुपस्थित भएको अवस्थामा बैठकको अध्यक्षता गर्न यस अघि नै सभामुखबाट मनोनीत चार जना सदस्यमध्ये नेपाली कांग्रेसका इस्माइल मन्सुरीलाई बैठक सञ्चालन गर्ने जिम्मेवारी दिएकी छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ