ओम्नीसँगै विशेष परिस्थितिको प्रावधान अनुसार सात कम्पनीले स्वास्थ्य सामग्री खरिद गरेका थिए
सम्झौता अनुसार ओम्नीले २२ प्रतिशत मूल्य बराबरको मात्रै सामान ल्याएको थियो
काठमाडौं । कोरोना भाइरस कोभिड १९ महामारीको समयमा सरकारले विशेष परिस्थिति देखाउँदै अरबौँका स्वास्थ्य सामग्री खरिद गरेको थियो । महामारीकै समयमा सरकार बहु चर्चित ओम्नी काण्डमा फस्यो । अहिले सम्म उम्किन सकेको छैन ।
ओम्नीसँगै अन्य ६ कम्पनीसँग पनि सरकारसँग विशेष परिस्थितिको प्रावधान अनुसार स्वास्थ्य सामग्री खरिद सम्झौता भएको थियो । सरकार र ओम्नी बीचको काण्ड छताछुल्ल हुँदा अन्य ६ सप्लायर्स कम्पनी भने उम्किएको अधिकारीहरू बताउँछन् । ओम्नी बाहेकका कम्पनीले गरेको खरिद मूल्यको विषयमा आज सम्म कुनै चर्चा भएको छैन ।
कोरोना सङ्क्रमणबाट जनता भटाभट मरेको मौकामा स्वास्थ्य उपकरण गरिदै गर्ने नाममा करोडौं भ्रष्टाचारमा मुछिएको बहु चर्चित ओम्नी काण्ड अझै सेलाएको छैन । १ करोड ३ लाख ३८ हजार ४ सय ४८ रुपैयाँ अमेरिकी डलरमा स्वास्थ्य सामग्री खरिद गर्न सरकार र ओम्नी अर्थात ओबीसीआइ प्रालि बीच सम्झौता भएको थियो । सँगै सम्झौता भएका अन्य ६ कम्पनी ओझेलमा परेका छन् ।
ओम्नीको लफडाले ओझेलमा परेका सप्लायर्सहरू
स्वास्थ्य सेवा विभागले सार्वजनिक गरेको सूचना यस्तो थियो । नोभल कोरोना भाइरस रोगको रोकथाम तथा नियन्त्रणको लागि सार्वजनिक खरिद नियमावली २०६४ को नियमावली १४५ को उपनियम ३ अनुसार विशेष परिस्थितिको प्रावधान अनुसार भएको खरिद विवरण सार्वजनिक गरिएको छ । विभागले उक्त समयमा ७ सप्लायर्स कम्पनीलाई स्वास्थ्य सामग्री ल्याउन विशेष परिस्थिति देखाउदै सम्झौता गरेको थियो ।
सम्झौता अनुसार अस्पताल सेवा नेपाल प्रालि, मेडी क्राफ्ट स्वास्थ्य नवीनता, अवडेल होल्डिङ्स प्रालि, ब्लूमून मेडिटेक फर्मा, द सोलुसन मेडिटेक प्रालि, डिजाइनर नेपाल प्रालि अहिले सम्म चुपचाप छन् । तर, ओबीसीआई प्रालिको विषयमा काण्ड मच्चिरहेको छ ।
अधिकारीहरूका अनुसार ओम्नीको केही स्वास्थ्य सामग्री राज्यले चलाएको छ । उक्त सामानको भुक्तानी सम्बन्धित ओबीसीआइ सप्लायर्सले माग गरेको छ । सरकारले १८ करोड रुपैयाँ ओबीसीआई दिनु पर्ने देखिएको छ । तर, उसले ४७ करोड मागेको छ ।
कुनको कति सम्झौता
स्वास्थ्य लाइभले पाएको सूची अनुसार ओबीसीआई प्रालिले १ करोड ३ लाख ३८ हजार ४ सय ४८ रुपैयाँ अमेरिकी डलरमा स्वास्थ्य सामग्री खरिद गर्न सरकारसँग सम्झौता भएको छ । त्यस्तै अस्पताल सेवा नेपाल प्रालि स्वास्थ्य सामग्री खरिद गर्न ६३ लाखको सम्झौता भएको थियो । मेडी क्राफ्ट स्वास्थ्य नवीनतालाई ९५ हजारको सम्झौता गरेको छ । यता अवडेल होल्डिङ प्रालिलाई ५९ लाख २६ हजारबढी रकम स्वास्थ्य सामग्री खरिदमा सम्झौता गरेको देखिएको छ ।
ब्लूमून मेडिटेक फार्मा हुँला १८ लाखको काम गरेको थियो । द सोलुसन मेडिटेक प्रालिले १० लाख बभ्दा बढी सहयोग गर्नु भएको छ । यता डिजाइनर नेपाल प्रालिमा उक्त सप्लायर्ससँग ३ करोड १४ लाखको सम्झौता भएको छ । १ करोड ३ लाख ३८ हजार ४ सय ४८ रुपैयाँ अमेरिकी डलरमा स्वास्थ्य सामग्री खरिद गर्न सरकार र ओम्नी अर्थात ओबीसीआइ प्रालि बीच सम्झौता भएको थियो ।
ओम्नी र सरकार सम्झौता साथै प्राप्त सामानको अवस्था
सम्झौता भएको रकम : यूएसडी १०३३८४४८.००
प्राप्त सामानको मूल्य ः यूएसडी २३०१४३५.००
क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
तपाईको प्रतिक्रिया दिनुहोस