डेंगीको लार्भा नस्ट गर्न बालेनले ल्याए नेपालमै पहिलो पल्ट वायो लार्भिसिद औषधि
काठमाडौं । लामखुट्टेले टोकेर देशमा आधा दर्जन नागरिकको मृत्यु भइसकेको छ । १६ हजार भन्दा बढी बिरामी परेका छन् । तर, संघीय सरकार सुतेर बसेको छ । लाम्खुट्टेको लार्भा नस्ट गर्ने कुनै प्रभावकारी काम भएको छैन । बरु आफ्ना औषधि बहु उपयोगी भएको भन्दै केही माफियाहरु खरिद गर्दिन भन्दै कार्यविधिनै परिवर्तन गराउन मन्त्रालय धाइरहेका छन् ।
यता जनताको चिन्ता र चासो राख्ने काठमाडौं महानगरपालिकाले पहिलो पटक औषधि भित्राएको छ । काठमाडौमा डेंगी रोग फैलन नदिन लाम्खुट्टेको लार्भा नस्ट गर्न नेपालमै पहिलो पल्ट वायो लार्भिसिद औषधि भित्राएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पहिलो पटक वायो लार्भिसिद औषधि ल्याएको र तत्काल प्रयोगमा ल्याइने बताए ।
यो औषधि जैविक हो । यसले लामखुट्टे र त्यसका लार्भालाईबाहेक कसैलाई पनि हानी गर्दैन । यो विषादि होइन मेयर बालेन्द्र शाहले भनेका छन् । उनले बताए अनुसार औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ । औषधिले डेंगीसहित, फिलारिया, औलो (मलेरिया), चिकन्नीया जस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुनेछ ।
यससँगै डेंगी रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालनमा छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ, उनले भने । स्वास्थ्य प्रवर्धन केन्द्रहरुमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस