पर्यटनमन्त्री सुदन किराँतीलाई पितृशोक


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई पितृशोक परेको छ । मन्त्री किराँतीले आज बिहान पिता गुमाएको जानकारी दिएका छन् ।

७६ वर्षको उमेरमा पर्यटनमन्त्री किराँतीका पिता हर्कबहादुर राईको बुधबार बिहान वीर अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि बिरानी रहेका थिए ।   पर्यटनमन्त्री किराँतीको पिताको अन्तिम इच्छा अनुसार बुवाको पार्थीव शरीरलाई गाउँ लाने तयारी थियो तर खराब मौसमका कारण पशुपति आर्यघाटमै अन्त्यष्टि गर्ने जनाइएको छ ।

उनको अन्तिम सदगत् पशुपति क्षेत्र विकास कोषको विद्युतीय सवदाहगृहमा २ बजे गरिने पर्यटनमन्त्री किराँतीका प्रेस सहयोगी राजन समिपले २ बजे जानकारी दिए ।  तायारी पुरा नहुन्जेल सम्मको लागी सरकारी निवास पुलचोकमा राखिने उनले बताए ।

पर्यटनमन्त्री किराँतीका पिताको पार्थीव शरीरलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्री विभिन्न पार्टीका नेता, कार्यकर्ता र सुभेच्छुकहरू मन्त्री निवास पुल्चोक पुगेका थिए ।

पर्यटनमन्त्री किराँतीले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । ‘ वुवाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो ! उप्रान्त वुवा आमा त रहनु भएन रह्र्यो त केवल खिचि छोडेको तस्विर आँखामा । पितृत्व र मातृत्व छाति भित्र । आज बाट हामी पूर्ण रुपमा टुहुरो भयौं तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकि जीवन उहाँहरुको सेवामा लगाउने छु । निशब्द छु तर भन्न बाध्य छु वुवा हार्दिक श्रद्धाञ्जली !’,

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ