डेंगी नियन्त्रण अभियान सञ्चालन गर्न स्वास्थ्यद्धारा सबै प्रदेश र स्थानीय तहलाई निर्देशन (यी हुन् गर्नुपर्ने कार्यक्रमहरु )
काठमाडौं । डेंगी रोकथाम तथा नियन्त्रण अभियान सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयद्धारा सबै प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ । बैशाखमा छिटफुट देखिएको डेंगी हाल सम्म आइपुग्दा ११ हजार भन्दा बढी संक्रमित हुनुका साथै ७ जना भन्दा बढीको मृत्यु भएपछि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको रोकथाम तथा नियन्त्रणमा जुट्न सबैलाई निर्देशन दिएको हो ।
डेंगी रोकथाम तथा नियन्त्रणका लागि योजना सहितका विभिन्न कार्यक्रमहरू संघ, प्रदेश तथा स्थानीय तहमा भइरहेका छन् । तर, डेंगी रोकथाम हुने कुनै छाँटकाँट देखिएको छैन । त्यसैले डेंगी रोग निदान, व्यवस्थापन, रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले निर्धारण गरेका कार्यक्रमहरू गर्ने गराउने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत अनुरोध गरेको छ ।
डेंगी सचेतनाका लागि विद्यालय शिक्षा कार्यक्रम गर्ने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगी नियन्त्रण बाहिर गएपछि स्थानीय तहमा डेंगी सचेतनाका लागि विद्यालय शिक्षा कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिएको छ । सबै प्रदेश, स्थानीय तहलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो । साथै आमा समुह, टोल विकास सस्था, महिला स्वास्थ्य संयम सेविका तथा सामाजिक संघ संस्थाको सहयोगमा डेंगी सचेतनाका लागि घरदैलो कार्यक्रम सञ्चालन गर्न समेत मन्त्रालयले अनुरोध गरेको छ ।
गर्नुपर्ने कार्यक्रमहरु के हुन्
तपाईको प्रतिक्रिया दिनुहोस