वीर अस्पतालको फार्मेसी : एक भित्तामा ढुसी, अर्कोमा एसी


काठमाडौं ।  देशको भुइँ मान्छेले उपचार गर्ने वीर अस्पतालमा उनीहरूले खाने औषधि पनि त्यस्तै देखिएको छ । वीर अस्पतालको फार्मेसीको एक भित्तामा ढुसी र अर्को भित्तामा एसीले औषधि सबै स्वाहा बनाएको छ । अधिकारीहरू भन्छन् वीरमा भएका औषधिले भन्दा बारीको माटोले बिरामी निको हुने अवस्था आएको छ । 

वीर अस्पताल धनीको अस्पताल हैन । केही धनी झुक्किएर उपचारका लागि पुग्ने बाहेक सबै भुइँ मान्छेले उपचार गर्ने अस्पताल हो । फार्मेसीकाे भित्तामा भएको सेतो ढुसी र एसीले पनि कस्ता व्यक्तिले वीरमा उपचार गरेर औषधि खान्छन् र कस्तो स्वाँठ औषधि बिक्री वितरण गर्छ भन्ने छर्लङ्ग भएको छ । 

विगत ६ महिना देखि वीरको फार्मेसीमा सेतो ढुसी र एसी छ । फार्मेसीमा किन एसी जोडियो र कहाँबाट पानी रसायो कसैले ख्याल गरेका छैनन् । किनकी यो भुइँ मान्छेले उपचार गर्ने अस्पताल हो । पानी चुहेपछी भित्तामा ढुसी आउनु स्वभाविक हो । यस्तो देखेपछि औषधि त्यही राख्नु हुदैन । 

चिकित्सकहरू नै भन्छन् ढुसीले औषधि बिग्रन्छ । तर, वीर अस्पतालमा काम गर्ने चिकित्सकहरूलाई ढुसीको असर बारे ज्ञान नभएको देखियो । राजनीतिक दबाबमा बसेका चिकित्सकलाई औषधिको गुणस्तरबारे ज्ञान नहुनु स्वभाविक पनि हो । 

यस्तो ढुसी र एसीले औषधिको प्रभावकारिता र गुणस्तरमा ह्रास आउँछ । जनताले महङ्गोमा किनेर नखाएपनि  त्यस्ता औषधिको कुनै गुणस्तर हुदैन

जानीजानी ढुसी र एसीमा औषधि राखेर जनताको स्वास्थ्यमाथि गम्भिर खेलवाड गरिएको छ । यस्ता औषधि बेच्ने र नेतृत्व गर्नेमाथि वीर अस्पताल प्रशासनले तत्काल कारबाही गर्नुपर्छ । सुख्खा भएको स्थान, प्रत्यक्ष सूर्यको किरण नपर्ने स्थान, केटाकेटी र बच्चाहरूले नभेट्ने ठाउँमा औषधि राख्नुपर्ने प्रावधान रहेको छ । 

मन्त्रीको त हामीलाई एकै रती विश्वास छैन । तर, भुइँ मान्छेले चिनेका र आशा गरेका चिकित्सकले सम्हालेको वीर अस्पतालको फार्मेसी यो अवस्थाको हुनु र यहाँ राखेको औषधि भुइँ मान्छेले खानु ज्यादै पीडादायी अवस्था हो । 

यदि नेतृत्वले वीर अस्पताल सुधार गर्न चाहन्छ भने फार्मेसीको नेतृत्व गरेर बसेका व्यक्तिलाई तत्काल कारबाही गरेर जिम्मेवारीबाट हटाइनु पर्छ । अन्यथा नेतृत्वको समेत यसमा मिलेमतो देखिने छ । वीर अस्पतालको फार्मेसी प्रमुखको रुपमा श्यामु मण्डल छन् । 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ