तीर्थयात्री बोकेर काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक डीएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार गाडीमा सवार चार महिला र तीन पुरुषको मृत्यु भएको हो । तीमध्ये ६ जना भारतीय नागरिक र एकजना नेपाली तीर्थयात्री रहेको उनले बताए । चालकसहित २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खस्दा १९ जना घाइते भएका छन् । घाइतेको हेटौंडा अस्पताल चुरेहिल अस्पताल उपचार भइरहेको डीएसपी क्षेत्रीले भनाइ छ ।
दुर्घटनालगत्तै फरार बसका चालक र सहचालकलाई प्रहरीले धनुषाबाट नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस