बारा बस दुर्घटना: मृतक सातको सनाखत
काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको पहिचान खुलेको छ ।
प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुने चार महिला र तीन पुरुषमध्ये ६ जना भारतीय नागरिक र एकजना नेपालीको सनाखत भएको हो ।
बस दुर्घटनामा परि मृत्यु हुनेमा महोत्तरीको लोहारपटी नगरपालिका ५ का ४१ वर्षीय विजय लाल पण्डित रहेका छन् ।त्यस्तै भारतको राजस्थानका ७०वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीया श्रीकान्त चतुरबेदी, ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ६७ वर्षीया बैजन्ती देवी र ६५ वर्षीया मिरा देबीको निधन भएको हो ।
उक्त दुर्घटनामा घाइते भएका अन्य १७ जनाको हेटौंडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने केहीको उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस