जोखिम सञ्चार तथा सामुदायिक सहभागितासम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु
स्वास्थ्य क्षेत्रका विज्ञ र स्वास्थ्य क्षेत्रमा कलम चलाउने पत्रकारबीच वृहत्त छलफल हुँदै

काठमाडौं । जोखिम सञ्चार तथा सामुदायिक सहभागितासम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र र सेभ द चिल्ड्रेनको संयुक्त प्रयासमा समाजमा गलत सन्देश जान नदिने उद्देश्यले पत्रकारहरुलाई उक्त अभिमुखीकरण कार्यक्रम राखिएको हो ।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल, अतिरिक्त स्वास्थ्य सचिव डा. संगिता कौशल मिश्रा, स्वास्थ्य मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेल गलत सूचना सम्प्रेषण गर्दा समाजमा पर्ने असर र जोखिमको विषयमा धारणा राखेका थिए ।
डा. बिच्छाले कलम र सचेतनाको विषयमा धारणा राखेका थिए । उनले सञ्चारकर्मीले हरेक सूचना सम्प्रेषण गर्दा समुदायमा पर्ने असरको विषयमा ख्याल गर्नु पर्ने बताए । जोखिम व्यवस्थापनका विषयमा पनि सुझाव दिन डा. बिच्छाले स्वास्थ्य क्षेत्रमा कलम चलाउने पत्रकारहरूसँग आग्रह गरे ।
पत्रकारले कमल चलाउँदा प्रमाण र तथ्यमा टेक्नु पर्ने स्पष्ट पारे । स्वास्थ्य सचिव डा. पोखरेल, अतिरिक्त सचिव डा. मिश्रा, डा. पौडेलले गलत सूचना सम्प्रेषण गर्दा समाजमा पर्ने असर र जोखिमको विषयमा आफ्नो धारणा राखेका छन् ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रकी स्वास्थ्य शिक्षा प्रशासक शिला श्रेष्ठले जोखिमका बेला सञ्चार माध्यमको धेरै महत्व रहेको बताइन् । जोखिमका बेला भ्रामक सूचनाले समाजलाई पार्ने असर र सही तरिकाले समाचार प्रस्तुत हुँदा समाजमा पुग्ने राहतको विषयमा प्रस्ट पार्ने प्रयास गरेकी छिन् ।
महामारी तथा रोग नियन्त्रण महाशाखा प्रमुख रुद्र मरासिनी, व्यवस्थापन महाशाखा प्रमुख सर्वेश शर्मा, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रकी स्वास्थ्य शिक्षा प्रशासक शिला श्रेष्ठ, स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समिर अधिकारीको सहभागिता रहेको छ ।
गलत सूचना सम्प्रेषण गर्दा समाजमा पर्ने असर र जोखिमको विषयमा पत्रकार र स्वास्थ्य क्षेत्रका विज्ञहरूबीच छलफल र अन्तरक्रिया हुने छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस