संसद्को स्वास्थ्य समिति सभापतिमा जोशी !


काठमाडौं । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति भानुभक्त जोशी बन्ने भएका छन् । बझाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित जोशी उक्त समितिको सभापति बन्ने निश्चित जस्तै छ ।

सत्तारुढ दलहरूबीच भएको सहमति अनुसार संसदको शिक्षा, स्वास्थ्य तथा  सूचना प्रविधि समितिको नेतृत्व नेकपा एकीकृत समाजवादीको भागमा परेको छ । नेकपा एकीकृतले उक्त समितिको सभापतिमा जोशीलाई अगाडि सार्ने तयारी गरेको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

संसदीय समितिको सभापति निर्वाचनका लागि भदौ १० गते आइतबार (आज) मनोनयनको निर्वाचन तालिका सार्वजनिक भएकाले पार्टीहरुले उम्मेदवार छान्न सुरु गरेका हुन् । आज ११ बजेदेखि बेलुका ४ बजेसम्म मनोनयनको कार्यतालिका रहेको छ भने सोमबार (भोलि) ३ बजे निर्वाचनको कार्यतालिका रहेको छ ।यसै क्रममा नेकपा एकीकृत समाजवादीले स्वास्थ्य समितिको सभापतिमा जोशीलाई अगाडि सार्न खोजेको हो ।

यता नेपाली कांग्रेसले संसदको ४ समितिको सभापति लगभग टुंगो लगाएको छ । कांग्रेसले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा आरजु राणा देउवा, राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा रामहरि खतिवडा, अर्थ समितिको सभापतिमा सन्तोष चालिसे र संसदीय सुनुवाई (संयुक्त) समितिको सभापतिमा जीवन परियारलाई अगाडि सार्ने भएको छ ।

संसदको पूर्वाधार विकास समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका माधव सापकोटा र सार्वजनिक लेखा समितिमा नेकपा एमालेका ऋषिकेश पोखरेल सभापति बन्ने लगभग निश्चित छ । कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, जसपा, जनमतलगायतका पार्टीबीच संसदीय समितिको नेतृत्वको विषयमा समझदारी भइसकेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ