भत्ता होइन, कामको आयौश्यिकता छ, लैंगिक अल्पसंख्यक


सुर्खेत । सल्यान जिल्लामा जन्मिएकी अञ्जली यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा पर्छिन । उनी विगत चार वर्ष देखि सुर्खेतमा बस्दै आइरहेकी छिन् ।

उनको पेशाव्यवसाय केही छैन, छ त केबल समाजले गर्ने अपमान र अवहेलना । उनले परिवारका सदस्यले आफूलाई जन्मिदा छोरा देखेको हुँदा छोरीको रूपमा अझै स्वीकार गर्न नसक्दा जन्मस्थान छोडेर सुर्खेतमा बस्दै आएको बत्ताउँछिन् । ‘मलाई जीविकोपार्जन गर्न विगत निकै समस्या भएको छ, सबैले सामाजिक सुरक्षा भत्ता भनेको सुन्छु, दुई–चार हजारले केही हुँदैन”, उनले भनिन्, ‘मैले एसएलसी पास गरेकी छु, कुनै कार्यालयमा कार्यालय सहयोगीको काम त गर्न सक्छु नि, हाम्रो सरकारले त्यो पहल गरिदिए हुन्थ्यो । “अञ्जली भन्छिन्, ‘जबसम्म हामी खुलेकाको जीविकोपार्जनको स्रोत हुँदैन तबसम्म हाम्रा समुदायका अरू पनि खुल्न सक्दैनन ।”

वीरेन्द्रनगरकी जेनीषा नेपाली पनि यही समुदायमा पर्छिन् । जन्मिदा छोरा जन्मिए पनि उनको स्वभाव सानै देखी छोरीको भयो तर परिवारले छोरा नै बन्न दबाब दियो । उनको अहिले पनि दुई वटा पहिचान छ, घरमा हुँदा छोरा तर घर बाहिर निस्किएपछि छोरी । यसका लागी उनले निकै संघर्ष गरेकी छन् । उनले आफूले बजारमा हिँड्दा छक्का हिजडा जस्ता शब्द सुन्दा पनि मेरो स्वभाव परिवर्तन गर्न सक्दिन बरु दुःखी हुने बत्ताउँछिन । ‘घरपरिवार र समाजले हामीलाई हेर्ने दृष्टिकोण अब फेर्नुपर्छ, किनकि हाम्रो पहिचान यो हो भनेर खुलिसकेका छौ”, उनले भनिन्, ‘सहभागीताका लागी मात्रै कार्यक्रममा बोलाएर पाँच सय, हजार दिएर भुलाउनु भन्दा हामीलाई केही काम दिनुस्, आत्मनिर्भर भएर बाच्न चाहन्छौ”, उनले भनिन, ‘मेरो परिवारले नै जनगणनाका बेला मलाई छोरा भनेर नाम टिपाएको छ, अनि म कसरी यो समुदायको गणनामा पर्छु ।”

राष्ट्रिय मानव अधिकार आयोगका मानबहादुर कार्कीले कर्णालीमा यौनिक तथा लैंगिक अल्पसंख्यको समूह ८८ जना भएको तथ्याकं आफ्नो कार्यालयमा भएको बताएका छन् ।

उनले यो समूह आफ्नो अधिकारबाट कसरी वञ्चित छ भन्ने विषयमा छलफल गर्न जरुरी रहेको बताएका छन । ‘मानवअधिकार आयोगले यो समुदायको अधिकार सुनिश्चितताका लागी सहयोग गरिरहेको र आँच आउने काम भए कारबाहीका लागी पहल पनि गरिरहेको छ”, उनले भने, ‘राज्यबाट भन्दा पनि मुख्य परिवार अनि समुदायबाट समस्या छ ।”

कार्यक्रममा सहभागी विभिन्न सरोकारवाला निकायले सामाजिक सुरक्षा भत्ता भन्दा पनि विभेद गर्ने समाज परिवर्तन भए समस्या आफै समाधान हुनेमा जोड् दिएका छन । सबैभन्दा मुख्य समस्या भनेको शौचालयको भएको पनि उनीहरूले बताएका हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ