उपप्रधानमन्त्री खड्काको आर्मी अस्पतालमा प्रोस्टेटको शल्यक्रिया


काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले छाउनीस्थित आर्मी अस्पतालमा प्रोस्टेटको शल्यक्रिया सफल भएको छ । पिसाब ग्रन्थी (प्रोस्टेट)मा समस्या भएपछि उनी छाउनीस्थित आर्मी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । बुधबार अस्पताल भर्ना भएका रक्षामन्त्री खड्काको प्रोस्टेटको शल्यक्रिया सफल भएको हो ।

 

कांग्रेस नेता एवं संसदको सुशासन तथा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले रक्षामन्त्री खड्काको प्रोस्टेटको शल्यक्रिया सफल भएको बताए । ‘पूर्ण दाई प्रोस्टेटको समस्या भएर बुधबार आर्मी अस्पतालमा भर्ना हुनु भएको रहेछ, शल्यक्रियापछि उहाँ आराम गरिरहनु भएको छ । केही दिनमै डिस्चार्ज हुने कुरा छ ।’,  खड्कालाई भेटेर आएका खतिवडाले स्वास्थ्य लाइभसँग भने ।

उपप्रधानमन्त्री खड्का बिरामी भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएर अस्पताल भर्ना भएका हुन् । प्रोस्टेटको शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ