नयाँ बानेश्वरमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गङ्गादेवी चूचोल टोल सुधार समिति र नेपाल रेड्क्रस सोसाइटी बानेश्वर उपशाखाको संयुक्त आयोजनामा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
करिब ४० आफ्नो अमूल्य रगत दान गरेको गङ्गादेवी चूचोल टोल सुधार समिति अध्यक्ष किशोर थापाले जानकारी दिए । रक्तदान कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको उनको भनाइ छ ।
उक्त रक्तदान कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडा सदस्य सतिश तण्डुकारको विशेष भूमिका रहेको कार्यक्रम संयोजक उमेश तण्डुकारले बताए ।
तपाईको प्रतिक्रिया दिनुहोस