ढल बग्ने बागमतीमा र्‍याफ्टिङ बगेपछि..


काठमाडौं । काठमाडौंको पशुपति क्षेत्र हुँदै बग्ने बागमती नदी ढलमति भन्दै व्यंग्य गर्ने गरिन्छ । ढल सफा गर्ने नाममा बागमती नदीको अर्बौ रुपैयाँ बगेको छ । उक्त बागमती नदीमा शनिबार भने फरक दृश्य देखिएको छ ।

बागमती नदीमा ढल मिसिएकाले स्वास्थ्यका हिसाबले त्यहाँ बग्ने पानी हानिकारक मानिन्छ । तर, उक्त पानी आज काठमाडौं जिल्लाका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले र्‍याफ्टिङको मज्जा लिएका छन् ।

जिल्ला समन्वय समिति, काठमाडौंको समन्वयमा काठमाडौं जिल्लाभित्रका सबै स्थानीय तहका प्रतिनिधि र्‍याफ्टिङ यात्रामा सहभागी रहेका छन् । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाबाट सुरू भएको र्‍याफ्टिङ यात्रा चोभारमा गएर टुंगिने जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले जानकारी दिए ।

बागमतीमा ढल मात्र बग्दैन र्‍याफ्टिङ बगाएर पनि पैसा कमाउन सकिन्छ भन्ने सन्देश दिन खोजिएको छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ