पूर्वयुवराज पारस शाह डिस्चार्ज
काठमाडौं । मुटुमा समस्या भएपछि मण्डिखाटारस्थित ह्यम्स अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाह डिस्चार्ज भएका छन् । चिकित्सकको निगरानीमा रहने गरी अस्पतालबाट डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ । मुटुमा समस्या आएपछि उनी शुक्रबार बेलुका ह्यम्स अस्पतालमा भर्ना भएका थिए । पारसको स्वास्थ्य अवस्थामा धेरै सुधार आइसकेको छ ।
ह्यम्स अस्पताल भर्ना भएका पूर्वयुवराज पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र वीरबिक्रम शाह, पूर्वरानी कोमल शाह, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत अस्पताल पुगेका थिए । उनलाई यस्तो समस्याले सताउँदै आएको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस