काठमाडौंका मेयर बालेन दम्पतिलाई पुत्रीलाभ
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह दम्पतिलाई पुत्रीलाभ भएको छ । मेयर बालेनको सचिवालयका अनुसार उनकी पत्नी सविना काफ्लेले छोरी जन्माएकी छिन् ।
२०७४ सालमा प्रेम बिबाह गरेर बालेन र सविनाले ५ वर्ष पछाडि पहिलो सन्तान जन्माएका हुन् । बालेनका प्राविधिक सहयोगी सुनिल लम्सालले बालेन शाहको छोरी जन्मिएको पुष्टि गरेका छन् । उनले समाजिक सञ्जाल फेसबुक मार्फत बालेनलाई छोरी जन्माएको बधाई समेत दिएका छन् ।
बालेन मेयर भएपछि उनकी पत्नी सविना गर्भवती भएकी थिइन् । उनीहरुले टेस्टट्युव बेवी भएको चर्चा छ । नेपालमा समस्याहरुपछि बालेनले भारतको बैङ्गलोरमा लगेर गर्भवती पत्नी सविनाको उपचार गराएका थिए । आज मेयर बालेन जोडीलाई पुत्रीलाभ भएको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस