प्रसुती सेवामा आशा जगाउँदै प्रसुती गृहः १० बेड एनआईसीयू, फार्मेसी, बिलिङ र टिकट काउन्टर थपियो


काठमाडौं ।  देशको एक मात्रै परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालको चाबी युवा पुस्ताको हातमा पुगेसँगै बिस्तारै सेवाले गति लिएको देखिन्छ । सरकारी अस्पतालका टिकट काउन्टर, बिलिङ काउन्टर, फार्मेसी सँधै अस्तव्यस्त हुने क्षेत्र हुन् । जति आपत परेपनि पालो कुर्नै पर्ने बाध्यता सरकारी अस्पतालमा छ ।

परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा दैनिक १ हजार देखि १५ सय सम्म महिलाहरू सेवाका लागि ओपिडी पुग्ने गरेका छन् । पछिल्लो समय भने अस्पतालले सेवा प्रवाहमा केही परिवर्तन गरेपछि बिस्तारै बिरामीको संख्या बढ्न थालेको तथ्यांकले देखाउँछ ।

प्रसुती गृहमा बिरामीको संख्या बढ्नु भनेको नेतृत्व सही पाउनुका साथै अस्पतालका सबै कर्मचारीले सेवामा ल्याएको आमूल परिवर्तन नै हो । अहिले परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा फार्मेसीको संख्या बढाइएको छ । विगतमा ३ वटा फार्मेसीले सेवा दिदै आएकोमा हाल १ वटा थप गरि ४ बनाइएको छ । यसले औषधि किन्न जानेहरूको भिडलाई व्यवस्थित बनाएको छ ।

बिलिङ काउन्टर तीन वटाबाट एक थप गरी चार वटा बनाइएको छ । यसले घण्टौँ सम्म बिलिङकै लागि भनेर कुर्नुपर्ने अवस्थाको केही अन्य भएको छ । त्यसैगरी टिकट काउन्टर २ वटा भएकोमा एक थप गरी ३ वटा बनाइएको छ । हेर्दा यी काम अत्यन्तै सानो लाग्छ तर, अस्पतालको कुरुपता यसैले उजागर गरिरहेको थियो । हरेक अस्पतालमा देखिएको अस्तव्यस्त टिकट काउन्टर, बिलिङ काउन्टर, फार्मेसीको सेवामा जोडिएको हुन्छ  । यसलाई मात्रै व्यवस्थापन गर्न सके ८० प्रतिशत सेवामा चुस्तता देखिने छ ।

सेवामा सुधार गर्दा बिरामीको सङ्ख्यामा पनि केही वृद्धि हुँदै गएको छ । ०७८ / ०७९ मा १ लाख ६६ हजार ३०० ले अस्पतालको ओपिडीबाट सेवा लिएका थिए । तर, ०७९ / ०८० मा १ लाख ८० हजार ८९० जनाले सेवा लिएका छन् । एक वर्षमा थोरै सङ्ख्यामा वृद्धि हुनुपनी प्रसुती गृह प्रतिको विश्वास र भरोसा नै हो ।

अस्पतालका निर्देशक डा श्री प्रसाद अधिकारीका अनुसार यस वर्ष २६ हजार ९४७ जनाले प्रसुती सेवा लिएका छन् । त्यस्तै ५ हजार ४६ जनाले स्त्री रोग सम्बन्धी सेवा लिएका छन् । उनका अनुसार २४ हजार ९१५ जनाले डेलिभरी सेवा लिएका छन् भने ९ हजार ८२१ जनाले शल्यक्रिया मार्फत बच्चा जन्माएका छन् । अधिकारीका अनुसार विगतमा भन्दा अन्य सेवा बढेपनि शल्यक्रियाको माध्यमबाट बच्चा जन्माउने संख्या बिस्तारै बढ्दै गएको छ । यसलाई विश्व समुदायले समेत राम्रो मान्दैन ।

बेड कम भएर एनआईसीयूमा हुने रिफर रोक्न १० बेड थप

अस्पतालका निर्देशक डा श्री प्रसाद अधिकारीले एनआईसीयूमा बेड कम भएर अन्यत्र रिफर हुने दर घटाउन १० बेड थप गरेका छन् । रिफर गर्दा बिरामीको खर्च धेरै हुने र दुख पाउने भन्दै त्यसलाई सहजता ल्याउन अस्पतालले एनआईसीयू बेड थप गरेको हो । त्यस्तै ६ वटा भेन्टिलेटरबाट ११ वटा पुर्याइएको छ ।

अस्पतालले बताए अनुसार महिनामा २० जना सम्म नवजात शिशु बेड अभावमा अन्यत्र रिफर गर्नुपर्ने हुन्छ । तर, वेड बढाएकाले अब त्यो अवस्था हटेर जाने छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ