काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगी संक्रमणबाट ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराइरहेका रिजालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

काठमाडौं महानगरपालिका मेयर बालेन साहसँग कार्यपालिका बैठकमा विवाद भएपछि वडाध्यक्ष रिजाल चर्चामा आएका थिए । काठमाडौं महानगरपालिकाले काठमाडौमा डेंगी रोग फैलन नदिन लाम्खुट्टेको लार्भा नस्ट गर्न नेपालमै पहिलोपल्ट वायो लार्भिसिद (bio larvicide) छर्किएको थियो । तर, उक्त नगरकै वडाध्यक्षको डेंगी संक्रमणका कारण मृत्यु भएको छ ।

दिवंगत काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष रिजाल सामाजिक सञ्जाल टिकटकमा निकै सक्रिय र भाइरल भइरन्थे । उनी नेपाली कांग्रेसको काठमाडौं क्षेत्र नम्बर ७ का क्षेत्रीय सभापति समेत हुन् । रिजाल दोहोर्‍याएर १६ नम्बर वडाको वडाध्यक्षमा निर्वाचित भएका थिए । राजधानीकै महानगरपालिकाका वडाध्यक्ष उनले डेंगीको कारण ज्यान गुमाउनु परेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #मुकुन्द रिजाल, #वडाध्यक्ष काठमाडौं महानगरपालिका

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ