स्वास्थ्यमन्त्रीको जिम्मा परराष्ट्रमन्त्री एनपी साउदलाई


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले पाएका छन् । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आएको पत्र संसद्मा पढ्दै स्वास्थ्य मन्त्रालयले कार्यभार साउदलाई दिएको जानकारी गराए ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत इजिप्ट गएकाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी परराष्ट्रमन्त्री साउदले पाएका हुन् ।  स्वास्थ्यमन्त्री बस्नेत इजिप्टको कायरोमा आयोजित ‘ग्लोबल कंग्रेस अन पपुलेसन हेल्थ एण्ड डेभलपमेन्ट’ कार्यक्रममा सहभागी हुन गएका छन् । उनको अनुपस्थितिमा स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हाल्ने  जिम्मेवारी परराष्ट्रमन्त्री साउदले पाएका हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ