जनस्वास्थ्य निरीक्षक लुईंटेलले पाए उत्कृष्ट कर्मचारी पुरस्कार


काठमाडौं । इलाम अस्पतालका जनस्वास्थ्य निरीक्षक तिलक लुईंटेलले उत्कृष्ट कर्मचारी पुरस्कार पाएका छन् । १९ ओैं निजामती सेवा दिवसको अवसरमा उनले उक्त पुरस्कार पाएका हुन् ।

बिरामीको सेवामा सदैव तल्लीन इलाम अस्पताल इलामका जनस्वास्थ्य निरीक्षकमा पदमा कार्यरत लुईंटेल उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत हुँदा न्याय भएको टिप्पणी हुन थालेको छ । निजामती सेवा दिवसको अवसरमा लुईंटेलसहित स्वास्थ्यका धेरै कर्मचारीले पुरस्कार पाएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ