प्रधानमन्त्री प्रचण्डको अमेरिका भ्रमण टोलीमा निजी चिकित्सकसहित को को जाँदैछन् ?


काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निजी चिकित्सकसहित २ दर्जन व्यक्ति लिएर जाने भएका छन् । भदौ ३० गते संयुक्त राज्य अमेरिका जान लागेका प्रधानमन्त्री प्रचण्डले निजी चिकित्सक युवराज शर्मासहित, मन्त्री, सल्लाहकार, सचिव, सचिवालयका सहयोगी र उच्च पदस्थ कर्मचारी साथमा लाने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउद, प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी खनाल, मुख्यसचिव बैकुण्ठ अर्याल रहने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

परराष्ट्र सचिव भरतराज पौड्याल, सहसचिव सेवा लम्साल, प्रधानमन्त्रीका स्वकीय सचिवहरू गंगा दाहाल, रमेश मल्ल, प्रेस सल्लाहकार गोविन्द आचार्य समेत प्रधानमन्त्री दाहालको भ्रमण टोलीमा समावेश हुनेछन् ।  प्रधानमन्त्री प्रचण्डका निजी फोटोग्राफर प्रदीपराज वन्त र निजी भिडिओग्राफर नवराज दाहाल समेत अमेरिकी भ्रमण टोलीमा परेका छन् ।

त्यस्तै परराष्ट्रमन्त्री साउदका स्वकीय सचिव दीपक जोशी र प्रधानमन्त्री प्रचण्डका तीन जना सुरक्षाकर्मी पनि प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा जाने भएका हुन् ।

महासभाको ७८ औं सभालाई प्रधानमन्त्री प्रचण्डले असोज ४ गते नेपालका तर्फबाट सम्बोधन गर्नेछन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले महासभामा सहभागी हुन आएका विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सम्मान दिने रात्रीभोजमा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुने जनाइएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ