मातृ मुत्युदर अध्ययन गर्न भूमिका खेल्ने कपिल छुटे लामिछानेले उत्कृष्ट निजामती सेवा पुरस्कार पाए


काठमाडौं । राष्ट्रिय जनगणना २०७८ मा आधारित मातृ मृत्यु अध्ययनबाट सहि तथ्याङ्क आंकलन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने ढुण्डीराज लामिछानेले उत्कृष्ट निजामती सेवा पुरस्कार पाउन सफल भएका छन् । केन्द्रीय तथ्यांक कार्यालयका निर्देशक लामिछानेले यस वर्षको उत्कृष्ट निजामती सेवा पुरस्कार पाएका हुन् ।

सरकारले राष्ट्रिय जनगणनामार्फत मातृ मुत्युदर घटाउने लक्ष्य लिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनगणना २०७८ मा आधारित मातृ मृत्यु अध्ययन अर्थात पूर्ण गणनाकै रूपमा कार्य सम्पन्न गरेर मातृ मृत्युदर घटाउने योजना बनाएको थियो । यो पद्धिबमोजिम विश्वमा विरलै गरिने सरकारको यस प्रकारको योजना सार्थक बनाउन अहोरात्र समय खर्चिएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव कपिल प्रसाद तिमिल्सिनाले पिआरको रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

उक्त महत्त्वपूर्ण भूमिकालाई राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक लामिछानेको पूर्ण साथ रहेको थियो । उनै निर्देशक लामिछानेलाई सरकारले उत्कृष्ट निजामती कर्मचारी ठहर्याएको हो । राष्ट्रिय जनगणना २०७८ लाई सफल पार्न उनको विशेष योगदान रहेको छ ।

केन्द्रीय तथ्यांक कार्यालयका निर्देशक लामिछानेसहित १० जनाले उत्कृष्ट निजमती सेवा पुरस्कार पाउन सफल भएका छन् । धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव बुद्ध बहादुर गुरुङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविन्द्र नेपाल र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव रामप्रसाद लम्सालले उत्कृष्ट निजामती सेवा पुरस्कार पाउन सफल भएका छन् ।

रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का, मालपोत कार्यालय खाँदबारीका मालपोत अधिकृत चन्द्रप्रसाद मिश्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कम्प्युटर अधिकृत सुनिलकुमार केसी, कोष तथा लेखा नियन्त्रक कार्यालय मुगुका कोष नियन्त्रक लक्ष्मी कृष्ण हमाल र आन्तरिक राजस्व कार्यालय, हेटौंडाका नायब सुब्बा, शुभलक्ष्मी लामाले यस वर्षको उत्कृष्ट निजामती सेवा पुरस्कार पाएका हुन् । यिनीहरूले उक्त पुरस्कार अर्को वर्षको निजामती सेवा दिवसको दिन पाउने छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #२०८०, #उत्कृष्ट निजामती सेवा पुरस्कार, #राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डीराज लामिछाने, #सहसचिव थानेश्वर गौतम

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ