थापागाउँको महायज्ञमा फ्रन्टलाइन अस्पतालको स्वास्थ्य सेवा


काठमाडौं । नयाँ बानेश्वर थापागाउँस्थित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा फ्रन्टलाइन अस्पतालले स्वास्थ्य सेवा दिइरहेको छ ।

महायज्ञमा सहभागी हुन आउने भक्तजनहरूको स्वास्थ्य अवस्था फ्रन्टलाइन अस्पतालबाट खटिएका स्वास्थ्यकर्मीले गरिरहेका छन् । उनीहरुले सयौं भक्तजनको स्वास्थ्य परीक्षण गरिरहेका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० थापागाउँस्थित काठमाडौं ब्याङ्क्वेटमा महायज्ञ चलिरहेको छ । फ्रन्टलाइन अस्पताल, सेतोपुलबाट खटिएका २ जना स्वास्थ्यकर्मीले उक्त महायज्ञमा सहभागी हुने भक्तजनको स्वास्थ्य परीक्षण गरिरहेका छन् ।

महायज्ञको आयोजक संस्था थापागाउँ सुधार समितिका अध्यक्ष दिपक थापालगायतले फ्रन्टलाइन अस्पतालबाट खटिएका स्वास्थ्यकर्मीसँग स्वास्थ्य परीक्षण गराएका हुन् । आइतबारसम्म चल्ने महायज्ञमा  बाल तपस्वी उत्तम भट्टजी (महाराज) मिठो कथा सुन्नुका साथै निःशुल्क स्वास्थ्य परीक्षणको समेत व्यवस्था गरिएको छ । महायज्ञका गएर बल्ड प्रेसरलगायत आफ्नो स्वास्थ्यको अवस्था समेत जानकारी लिन सक्ने व्यवस्था आयोजक संस्थाले मिलाएको हो ।

थापागाउँ सुधार समितिका अध्यक्ष दिपक थापाका अनुसार श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ २४ गते आइतबारसम्म चल्ने छ । उक्त महायज्ञमा लाखौं रुपैयाँ सहयोग प्राप्त भएको उनले जानकारी दिए ।

 

थापागाउँमा पलाञ्चोक भगवतीको उत्कृष्ट मन्दिर बनेको छ । उक्त मन्दिरलाई पूर्णता दिनका लागि सहयोगी हातहरू थपिँदै गएका छन् । अहिलेसम्म दुई दर्जन बढी भक्तजनले महायज्ञमा सहयोग गरेका छन् । भदौं गतेदेखि थापागाउँमा सुरु भएको महायज्ञ २४ गते आइतबारसम्म चल्ने छ । सहयोग र स्वास्थ्य परीक्षण एकसाथ गर्न भक्तजनहरुको उल्लेख उपस्थिति रहेको देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ