उच्च रक्तचापका कारण पूर्वराष्ट्रपति डा. यादव वीरको भीआईपी शय्यामा


काठमाडौं । उच्च रक्तचापका कारण पूर्वराष्ट्रपति डा. रामवरण यादव वीर अस्पतालको भीआईपी शय्यामा भर्ना भएका छन् । उनी एक्कासी अस्वस्थ भएपछि आइतबार वीर अस्पताल भर्ना भएका हुन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा.डा. भूपेन्द्रकुमार बस्नेतका अनुसार उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि पूर्वराष्ट्रपति यादव आइतबार वीर अस्पतालको भीआईपी कक्षमा भर्ना भएका हुन् । उनको स्वास्थ्य अवस्था सुध्रिदै गएको छ ।

यता स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वराष्ट्रपति यादवको स्वास्थ्य अवस्थाबारे अस्पतालसँग जानकारी लिएका छन् । उनले पूर्वराष्ट्रपतिसँगै अस्पतालको भीआईपी कक्षमा उपचाररत नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्रप्रसाद यादवलाई भेटेर स्वास्थ्य अवस्था बुझेका हुन् । खुकुरी प्रहारबाट घाइते भएका सहमहामन्त्री यादवको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एकराज कार्की पनि वीर अस्पतालमा उपचाररत छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ