एउटाभन्दा बढी बिबाह गर्ने शिक्षकलाई विशेष सजाय हुने


काठमाडौं । मुलुकी अपराध संहिताले बहुविवाह दण्डनीय हुने व्यवस्था गरेको छ । प्रस्तावित शिक्षा ऐनले एउटाभन्दा बढी बिबाह गरेमा थप सजाय हुने व्यवस्था गरेको हो ।

बिबाहित पुरुषले बैबाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न र कुनै पुरुष बिबाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै पनि महिलाले बिबाह गर्न नहुने व्यवस्था रहेको छ । बहुबिबाह गर्ने गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद, दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था ऐनमा गरिएको छ ।

आज (बु्धबार) संघीय संसद्मा शिक्षा ऐन संशोधन विधेयक दर्ता भएको छ । उक्त विधेयक शिक्षकले बहुबिबाह गरेको खण्डमा विशेष सजाय हुने व्यवस्था गरेको छ । ‘शिक्षकले बहुबिबाह गर्न हुँदैन । बहुबिबाह प्रचलित कानुनबमोजिम दण्डनीय भएकाले यस्तो कार्य गर्ने शिक्षकलाई विशेष सजाय हुने व्यवस्था पस्तुत ऐनमा गरिएको छ,’– विधेयकमा भनिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ