पाँचौं विश्व नेपाली स्वास्थ्य सम्मेलनको तयारी पूरा, हाल सम्मकै ऐतिहासिक हुने विज्ञहरुको अपेक्षा


जापान । सेप्टेम्बर १५ देखि १७ सम्म जापानको टोकियो सहरमा हुन लागेको पाँचौ विश्व नेपाली स्वास्थ्य सम्मेलनको सबै तयारी पूरा भएको छ ।

गैर आवासीय नेपाली स्वास्थ्यकर्मीहरु सम्मेलित सम्मेलनमा ठुुलो संख्यामा स्वास्थ्यकर्मीको सहभागीता रहने छ । विदेशमा रहेका नेपाली मूलका विभिन्न स्वास्थ्यकर्मीहरुलाई एक ठाउँमा ल्याएर उनीहरुको स्वास्थ्य समस्याबारे जानकारी लिने उद्देश्यले जापानको टोकियो सहरमा सम्मेलनको आयोजना तय गरिएको एनआरएनए ग्लोवल हेल्थ कमिटीका अध्यक्ष डाक्टर सञ्जीव सापकोटाले बताए ।

केही महिना अगाडि अमेरिकाको टेक्सस सहरमा पहिलो पटक सम्मेलन गरिएको थियो । यी सम्मेलनको मुख्य उद्देश्य भनेको नेपाली मूलका विभिन्न स्वास्थ्यकर्मीहरुलाई एकठाउँमा ल्याएर नेपालीहरुको स्वास्थ्य समस्याबारे जानकारी लिनु हो । यसले नेपाल र नेपाल बाहिर रहेका स्वास्थ्यकर्मी र आम नागिरकमा सकारात्मक सन्देश प्रवाह भएको छ । स्वास्थ्यमा समस्या देखिएका नेपाली नागरिकहरुलाई आवश्यक सहयोग र त्यहा अफ्ठेरो परेकाहरुको उद्धार जस्ता कार्यमा पनि कमिटी अग्रणी श्रपमा लागेको छ ।

‘यो सम्मेलनले नेपालबाहिर रहेका स्वास्थ्यकर्मीको समस्यालाई कसरी सम्बोधन गर्न सकिन्छ र नेपालीहरुमा कसरी सेवा पुर्याउन सकिन्छ भन्ने रहेको छ, अध्यक्ष सापकोटा भन्छन् । सम्मेलनले विश्वभर काम गर्ने र बसोबास गर्ने नेपाली मूलका मानिसहरूको स्वास्थ्यलाई सम्बोधन गर्दछ ।

सम्मेलनमा बायोमेडिकल विज्ञान, चिकित्सा विज्ञान, जनस्वास्थ्य, प्रयोगशाला विज्ञान, स्वास्थ्य अनुसन्धान, र विश्वव्यापी रूपमा आप्रवासीहरूलाई असर गर्ने स्वास्थ्य समस्याको रोकथाम, उपचारसँग सम्बन्धित ३० भन्दा बढी प्रस्तुतिहरू समावेश रहेको अध्यक्ष डा सापकोटाले बताए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ