पाँचौ ग्लोबल नेपाली स्वास्थ्य सम्मेलनको मुख्य हिस्सा मानसिक स्वास्थ्य
टोकियो । जापानको टोकियो सहरमा हाल सम्मकै ठुलो पाँचौ नेपाली स्वास्थ्य सम्मेलन सुरु भएको छ । सेप्टेम्बर १७ सम्म जापानको टोकियो सहरमा हुने पाँचौ विश्व नेपाली स्वास्थ्य सम्मेलनको मुख्य हिस्सा मानसिक स्वास्थ्य रहेको छ ।
विश्व समुदायको ध्यान केन्द्रित गर्दै अगाडि बढेको मानसकि स्वास्थ्यको समस्या नेपाल बाहिर रहेका गैर आवासीय नेपाली स्वास्थ्यकर्मीहरुले पनि प्रार्थमिकताका साथ लिएका छन् । मानसिक स्वास्थ्यको क्षेत्रमा केही सकारात्मक परिवर्तन ल्याउन सक्ने हेतुका साथ गैर आवासीय नेपाली स्वास्थ्यकर्मीहरुले जापानमा सुरु भएको पाँचौ विश्व स्वास्थ्य सम्मेलनलाई महिलाका मानसिक तथा शारीरिक स्वास्थ्य समस्या र नेपाली बीचको मानसिक स्वास्थ्य सुधारका दुई विषयमा बढी केन्द्रित हुने छ ।
एनआरएनए ग्लोवल हेल्थ कमिटीका अध्यक्ष डाक्टर सञ्जीव सापकोटाका अनुसार प्रि र पोष्ट कन्फ्रेन्स सत्र हुदैछ । सापकोटाले बताए अनुसार सेप्टेम्बर १४ मा प्रि कन्फ्रेन्स हुदैछ । यस सत्रमा महिलाहरुको शारीरिक र मानसिक स्वास्थ्य सुधार गर्ने विषयमा केन्द्रित छ । यो कार्यक्रम जापान स्थित नेपाली दुतावासले आयोजना गरेको हो ।
त्यस्तै सेप्टेम्बर १४ मा भएको सम्मेलन पछि नेपालीहरुको मानसिक स्वास्थ्य सुधारको विषयमा केन्द्रित भएर कार्यक्रम संचालन हुने छ । यसको आयोजना भने एनआरएन बेल्जियमले गर्ने भएको छ । यस वर्षका यी दुई विषय सम्मेलनको मुख्य हिस्साका रुपमा राखिएको अधिकारीहरुले बताएका छन् ।
एनआरएनए ग्लोवल हेल्थ कमिटीले विश्व नेपाली स्वास्थ्य सम्मेलनको सुरुवात गरेर एउटा उदाहरणीय कामको सुरुवात गरेको छ । यसले लाखौं विदेशमा रहेका नेपाली र नेपाली स्वास्थ्यकर्मीहरुलाई ठुलो राहत मिलेको अधिकारीहरु बताउँछन् ।
बच्चा जन्मिएपछि ७० प्रतिशत महिलामा मानसिक समस्या देखिन सक्छ । तर, धेरैजसोलाई बिस्तारै ठीक हुँदै पनि जान्छ । यस्तो बेलामा कतिपय महिलाले बच्चालाई दूध नखुवाउने, बेवास्ता गर्नेजस्ता व्यवहार पनि गर्न सक्छन ।
महिला स्वास्थ्यको छलफल प्रायः प्रजनन स्वास्थ्यमा केन्द्रित हुन्छ, त्यसमा पनि प्रजनन उमेर (१५–४९ वर्ष) का महिलाबारे बढी चर्चा गरिन्छ । यो उमेर समूहभन्दा अघि र पछिको प्रजनन स्वास्थ्यको विषयले पनि खासै प्राथमिकता पाउँदैन । महिलाका ठूला स्वास्थ्य समस्यामध्ये मानसिक समस्या पनि एक हो । तर, यसले त्यति महत्व पाएको देखिँदैन । यस्तो अवस्थामा राखिएको विश्व नेपाली स्वास्थ्य सम्मेलन र त्यहाका विषय आफैमा ऐतिहासिक छन् ।
मानसिक स्वास्थ्य समस्या सबै उमेरका महिलामा हुन सक्छ । सामान्य अवस्थामै पनि प्रायः रजस्वला सुरु हुन लागेका किशोरीहरूमा यस्तो समस्या देखा पर्छ । त्यसै गरी प्रजनन उमेरका र रजोनिवृत्ति भइसकेका महिलाहरूमा पनि शारीरिक तथा आर्थिक, सामाजिक, पारिवारिक, सांस्कृतिकलगायत कारण मानसिक समस्या भएको हुन्छ । कतिपय अवस्थामा मानसिक समस्याले नै शारीरिक समस्या उब्जाइरहेको हुन्छ । शारीरिक अवस्था कमजोर भएपछि पनि मानसिक समस्याहरू आइरहेका हुन्छन् । सामाजिक बन्धनहरू, घरायसी समस्या, कामको बोझ र तिनलाई धान्न नसक्दा अनि शरीरका रयासनहरूमा परिवर्तन आउँदा पनि यस्तो समस्या हुन सक्छ ।
मानसिक तनावका कारण किशोरीहरूमा आत्महत्या गर्ने प्रवृत्ति बढेको छ । फलस्वरूप, यसको यकिन तथ्यांक बाहिर आउँदैन । यसरी आत्महत्या बढ्नुका पछाडि बढ्दो महिला मानसिक समस्या मुख्य कारण हो ।
संयुक्त राष्ट्र सङ्घको दिगो विकास लक्ष्य (२०१६–२०३०) मा पनि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी मानसिक स्वास्थ्यको प्रवर्धन गर्नेस नसर्नेरोगहरूबाट हुने मृत्युदरलाई एक तिहाईलेकम गर्नेर लागुपदार्थ दुव्र्यसनीको रोकथाम, उपचार र पुनस्र्थापना गर्नेलक्ष्य राखिएको छ ।
नेपालमा कूल नसर्नेरोगहरूको समस्या मध्ये १८ प्रतिशत मानसिक रोगले ओगटेको छ । अपाङ्गता गराउने प्रमूख १० कारकहरू मध्ये ४ वटा मानसिक स्वास्थ्य समस्या नैपर्दछन् । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण नेपाल को नतिजा अनुसार नेपालमा १३ देखि १७ वर्षका ५ दशमलब २ प्रतिशत किशोरकिशोरीहरूमा मानसिक स्वास्थ्य समास्या देखिएको छ । जसमा २ देखि ८ प्रतिशतमा चिन्ताजन्य समस्या, ० दशमलब ६ प्रतिशतमा डिप्रेसनको समस्या पाईएको छ र ३ दशमलब ९ प्रतिशतमा आत्महत्यासम्बन्धी सोच पाइएको छ ।
१८ वर्षमाथिका व्यक्तिहरूमा १० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या देखिएको छ । जसमा ३ प्रतिशतमा चिन्ताजन्य समस्या, २ दशमलब ९ प्रतिशतमा डिप्रेसन, ० दशमलब २ प्रतिशतमा साइकोसिस र ७ दशमलब २ प्रतिशतमा आत्महत्यासम्बन्धी सोचको अवस्था देखिएको छ । विश्वभरमा लगभग २० प्रतिशत बालबालिका तथा किशोरकिशोरीहरूमा भावनात्मक, व्यवहारिक तथा अन्य खालको मानसिक स्वास्थ्य समस्या भएको अध्ययनहरूले देखाएका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस