डाक्टरमाथि आक्रमण हुन थालेपछि प्रधानमन्त्रीलाई भेट्यो चिकित्सक संघले


काठमाडौं । डाक्टरमाथि नियमित रूपमा आक्रमण सुरु भएपछि नेपाल चिकित्सक संघको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको छ । नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल बिक्रम कार्कीका अनुसार संघको टोलीले भाद्र २७ गते हेटौंडामा घटेको घटनाको विषयलाई लिएर प्रधानमन्त्री दाहाललाई भेटेको हो ।

भेटमा प्रधानमन्त्री दाहाले उक्त घटनामा सम्मिलित सबै दोषी कानुन बमोजिम कारवाही गर्ने प्रतिवद्धता जनाएको उनको भनाइ छ । चिकित्सक संघका पदाधिकारीले प्रधानमन्त्रीलाई भेटेपछि गृह मन्त्रालयले सक्रियता देखाएको छ । गृह मन्त्रालयको सक्रियतासँग हेटौंडामा डाक्टर कुट्ने ४ जना प्रक्राउ परेका छन् । गृह प्रशासनले डाक्टरहरुले सुरक्षामा ध्यान दिन प्रहरी प्रशासनलाई निर्देशन दिएको छ ।

चिकित्सक संघको टोलीले बिहीबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले समेत भेटेर उक्त घटनाको जानकारी गराएको छ । डाक्टरमाथि हातपात गर्ने दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने चिकित्सक संघको माग छ ।

यता बिहीबार मोरङस्थित बिराट मेडिकल कलेजमा समेत तोडफोड भएको छ । बिरामीको मृत्यु भएको बाहनामा अस्पतालमाथि तोडफोड भएको हो । उपचारमा संलग्न चिकित्सकले अहिले असुरक्षा महसुस गर्न थालेका छन् । डाक्टरमाथि हातपात सहितका यस्ता उच्छृङ्खल गतिविधि रोक्न सरकार र गृह प्रशासनले विशेष कदम चाल्नु पर्ने देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ