सुलभ फार्मेसीका लागि काठमाडौं महानगरपालिले औषधि माग्यो

काठमाडौं । सुलभ फार्मेसी सञ्चालनका लागि काठमाडौं महानगरपालिकाले औषधि मागेको छ । काठमाडौं महानगरपालिकाले सुलभ फार्मेसी स्थापनका लागि औषधि सामग्रीहरुको ईच्छुक उत्पादन कम्पनी तथा आधिकारिक बिक्रेताहरूबाट १५ दिनभित्र दररेट उपलब्ध गराउन सार्वजनिक सूचना प्रकाशन गरेर अनुरोध गरेको हो ।
काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले एक सूचना जारी गरि आर्थिक वर्ष १०८०/ ८१ को स्वीकृत स्वर्णीम योजना अनुसार स्वास्थ्य विभाग मातहत सुलभ फार्मेसी स्थापनका लागि औषधि सामग्रीहरुको ईच्छुक उत्पादन कम्पनी तथा आधिकारिक बिक्रेताहरूबाट १५ दिनभित्र दररेट उपलब्ध गराउन सार्वजनिक सूचना प्रकाशन गरेर अनुरोध गरेका छन् । यो सँगै काठमाडौं महानगरपालिकाको सुलभ फार्मेसी सञ्चालन गर्ने प्रक्रिया अघि बढेको हो ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको इच्छा र योजना बमोजिम महानगरले आफ्नै सुलभ फार्मेसी सञ्चालन गर्न लागेको हो । यसले सर्वसाधारण नागरिकलाई विशेष राहत हुने देखिन्छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस